ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १४ जेठ / व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । झापाको गौरादह स्थायी घर भएका न्यौपाने डेढ दशकदेखि इटहरीमा बसोबास गर्दै आउनुभएको थियो । कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचार गराइरहनुभएका न्यौपानेको ४७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । स्थिति गम्भीर भएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

पूर्वको सबैभन्दा ठूलो रेडियो सप्तकोशी एफएमको सञ्जाल विस्तारमा न्यौपानेको महत्त्वपूर्ण योगदान छ । स्थापनामा मार्केटिङबाट प्रवेश गर्नुभएका न्यौपानेले विगत एक दशकदेखि स्टेशन म्यानेजर भई सप्तकोशी एफएमलाई उचाईमा पुर्याउनुभएको थियो । न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो । उहाँका श्रीमती एक छोरा, एक छोरी छन् ।मेरो मेचीनगर डट कम स्व. न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ ।

धेरै सञ्चारकर्मीहरुले उहाँले नेपाली पत्रकारितामा पुर्याएको योगदानको चर्चा गदैं उहाँको निधनले नेपाली सञ्चारक्षेत्रमा अपूरणिय क्षति पुगेको प्रतिक्रिया दिएका छन् ।

पत्रकार विराट अनुपमले आफ्नो फेसवुक वालमा उहाँको निधनले सप्तकोशी एफएमले एक शक्तिशाली लिडर, इटहरीले एक राष्ट्रिय व्यक्तित्व , व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)ले केन्द्रिय अध्यक्ष बिज्ञापन बोर्डले एक जिम्मेवार सदस्य र सञ्चारकर्मीहरुले एक सफल अग्रज गुमाएको पोस्ट गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.