ईसेवा प्रतिनिधिको नाममा ठगी, सतर्क रहनुहोला !

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले आफ्ना प्रयोगकर्तालाई ‘ईसेवाको प्रतिनिधि’ भन्दै आउने कुनै पनि फोनमा सजग रहन आग्रह गरेको छ ।

पछिल्लो समयमा ईसेवाको प्रतिनिधि हुँ भन्दै ईसेवा अकाउन्ट नवीकरण, भेरिफिकेसन अथवा अन्य कामका लागि भन्दै फोन गरेर प्रयोगकर्ताको कोड माग्नेजस्ता गतिविधि बढिरहेको भन्दै कम्पनीले प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको हो ।

कम्पनीका सीओओ (चिफ अपरेशन्स अफिसर) रोशन लामिछानेका अनुसार कम्पनीले डबल अथेन्टिकेशन सुरु गरेसँगै स्क्यामरहरूले फोन फिशिङ सुरु गरेका हुन् ।

‘डबल अथेन्टिकेशन सुरु गरेपछि स्क्यामरहरूले फोनमार्फत प्रयोगकर्ताको पासवर्ड अथवा कोड माग्ने काम सुरु गरेका छन् । हुन त समय-समयमा हामीले प्रयोगकर्तालाई सचेत गराउने उद्देश्यले विभिन्न पोस्ट राखिरहेका हुन्छौं,’ उनले थपे, ‘तर पछिल्लो तीन/चार महिनामा भने फोनबाट यसरी पासवर्ड मागेर अकाउन्टको गलत प्रयोग गर्ने क्रम बढेकाले हामीले यो पटक यस्तो सूचना जारी गरेका हौं ।’

उनका अनुसार यसरी नक्कली फोन कल गर्नेहरूमा विशेषगरी युवा धेरै रहेका छन् । साथीहरूको लहैलहैमा लागेर एक/दुई रूपैयाँका लागि यस्ता काम गरिरहेकाहरू धेरै भेटिएको उनले बताए ।

‘प्रयोगकर्ताहरूले यसरी फोन गरेर पासवर्ड मागेको गुनासो गरेपछि हामीले आन्तरिक अनुसन्धान गरेका थियौ । फेक कल गरेको फोन नम्बरबाट हेर्दा धेरैजसो किशोर-किशोरीहरूले रमाइलोका लागि साथीसँग मिलेर एक/दुई सय रुपैयाँ झिक्ने गरेको भेटियो,’ उनले भने, ‘यो लगायत अन्य केसहरूमा साइबर ब्यूराेमा उजुरी गरेर नै सम्बन्धित व्यक्तिमाथि कारबाही गरिएको छ ।’

शंकास्पद अकाउन्टहरू ब्लक गर्ने लगायतका कामहरू पनि भइरहेको उनले बताए ।

ईसेवाले कहिले पनि फोन अथवा म्यासेजबाट कुनै पनि प्रकारको कोड वा ओटीपी माग नगरेको भन्दै कम्पनीको प्रतिनिधिको नाममा आएका फोनकल अथवा म्यासेजहरूमा आफ्नो कुनै पनि विवरण उपलब्ध नगराउन प्रयोगकर्तालाई कम्पनीले आग्रह गरेको छ ।

– टेकपानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.