२० फागुन,मेचीनगर: शी लिड्स महिला नेतृत्व कार्यक्रम प्रारम्भिक प्रशिक्षणकाे दाेस्राे माेड्युल झापाकाे काँकडभिट्टामा शनिवार समापन भएकाे छ ।
दलित महिला केन्द्र नेपाल ( सिडीडब्लुएन)काे आयाेजना आईएफईएस प्राविधिक सहयाेग र अष्ट्रेलियन एडकाे आर्थिक सहयाेगमा फागुन १७ देखि २० गतेसम्म चारदिने प्रशिक्षण कार्यक्रम शुरू भएकाे थियाे ।
महिला जनप्रतिनिधिहरूकाे नेतृत्व र क्षमता विकास गर्ने उद्धेश्यले प्रशिक्षण आयाेजना गरीएकाे हाे । मेचीनगर नगरपालिकाका १५ वटा वडाका ३० जना सहभागीलाई प्रशिक्षक साेमराज ढकाल ,पुनम मण्डल र सम्झना पाेखरेलले विभिन्न विषयमा तालिम प्रदान गर्नुभएकाे थियाे ।
आठवटा विषय समूह कार्य, सक्रिय सुनाई, स्थानीय सरकारकाे याेजना तर्जुमा कार्यान्वयन र अनुगमन प्रक्रिया , स्थानीय सरकारकाे बजेट निर्माण प्रक्रिया , सञ्जालिकरण, वार्ता,बैठककाे याेजना र व्यवस्थापन र पैरवीकाे परिचयका विषयमा सहभागीलाई प्रशिक्षण प्रदान गरिएकाे थियाे ।
याे तालिमले सहभागीहरूलाई नगरपालिका र वडामा कार्य गर्ने ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्न मद्दत पुग्ने प्रशिक्षक मण्डलले बताउनुभयाे । प्रशिक्षणसँगसँगै सहभागीहरूले अभ्यास समेत गरेका थिए । उहाँहरूले प्रशिक्षणकै विभिन्न विषयमा अभ्यास गर्नुभयाे । याे तालिम सहभागीहरूकालागि निक्कै फलदायी बनेकाे सहभागी मेचीनगर वडानम्वर ६ कि दलित महिला सदस्य सीमा रसाईलीले बताउनुभयाे ।
समापनका अवसरमा प्रशिक्षक साेमराज ढकालले कार्यक्रम के हाे ? किन ? र कस्ले गरेकाे भन्ने विषयमा जानकारी गराउनुभयाे । उहाँले यसकाे पहिलाे माेड्युल ५ महिनाअघि सम्पन्न भएकाे जानकारी गराउनुभयाे । २०७४ सालमा पनि याे कार्यक्रम सञ्चालन भएपनि मेचीनगरमा सञ्चालनमा आउन सकेकाे थिएन् ।
स्थानीय सरकारमा निर्वाचित महिला सदस्यहरूकाे निर्वाचित भूमिकाका विषयमा थप बुझ्न सक्ने बताईएकाे छ ।
महिला सदस्यहरूलाई वडाकाे बनावट, कसरी काम गर्ने ? बजेट कसरी बनाउने ? भन्ने विषयमा ज्ञान हुने उहाँकाे भनाई छ । याे तालिम तीन चरणमा सम्पन्न हुने छ । अब २ महिनापछि माेड्युल तेस्रो हुने छ । काेशी प्रदेशका ५ वटा जिल्लाका ३९ वटा पालिकामा याे कार्यक्रम जारी छ । अब यस तालिममा सीकेकाे अनुभव र सीपलाई कार्यान्वयनतर्फ लाग्नुपर्ने बताउनुभयाे ।
तालिमकाे समापन अवसरमा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकीले अब हरेक महिलाहरूले आफ्नाे क्षमता र सीप अभिवृद्धि गर्न जरूरी रहेकाे भन्दैँ यस्ता तालिमले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयाे । याे समाज पितृसत्तात्मक समाज रहेकाे भन्दैँ उहाँले संस्कार पनि गलत रहेकाे टिप्पणी गर्नुभयाे । हिसाँका विभिन्न प्रकृितमध्ये महिलामाथि हुने हिसाँ महिलाबाटै हुने गरेकाे पनि बताउनुभयाे । अब महिलाबाट महिला हिसाँ हुने घटना कम हुदैँ गएकाे उहाँकाे भनाई थियाे । त्यसकाे पनि असर अहिले पनि देखिएकाे नगरप्रमुख बुढाथोकीले बताउनुभयाे ।
सहभागीकातर्फबाट मेचीनगर १० नम्वर वडाका वडा सदस्य लीला तामाङले तालिमबाट निक्कै उपलब्धि प्राप्त भएकाे बताउनुभयाे । स्थानीय सरकारले प्रदान गर्नुपर्ने तालिम गैरसरकारी संस्थाबाट प्राप्त भएकाेमा खुशी व्यक्त गर्नुभयाे । नगर वा वडाबाट बजेट माग गर्ने समय र परिधिका विषयमा ज्ञान प्राप्त भएकाे उहाँकाे भनाई थियाे ।
कार्यपालिका सदस्य कविता मिजारले तालिमले आफ्नाे काम, कर्तव्यका बारेमा जान्ने अवसर मिलेकाे बताउनुभयाे । अब स्थानीय सरकारसँग बजेट कसरी माग गर्ने,वार्तालगायतका बिषयमा जानकारी प्राप्त भएकाे उहाँले विचार राख्नुभयाे ।
समापन समाराेहमा वडा सदस्य कृष्णकुमारी विक, कार्यपालिका सदस्य तीलजा देवान रिता परियारलगायतले बाेल्नुभएकाे थियाे ।
वडा सदस्य रञ्जिता नेपालीकाे अध्यक्षतामा भएकाे समापन समाराेहकाे सञ्चालन सुष्मा कार्की डाेलीले गर्नुभएकाे थियाे ।

























