अध्यक्षमा पत्रकार पौडेल र तामाङ्ग बीच प्रतिस्पर्धा : तामाङ्ग काँग्रेसको आधिकारिक उम्मेदवार

A notice in Nepali from Mechinagar Ward No. 10

६ चैत्र, काँकरभिट्टा :  काँकरभिट्टास्थीत मेची सामुदायिक सेवा केन्द्रको भोलि(मंंगलबार) हुने निर्वाचनमा अध्यक्ष पदका लागि पत्रकार मुक्ति पौडेल र वीना तमाङ्ग बीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदका उम्मेदवार पत्रकार पौडेल पनि नेपाली काँग्रेस निकट हुन् भने तामाङ्ग काँग्रेसको स्थानीय नेतृ हुन् ।

सयै बीच नेपाली काँग्रेस मेचीनरले  काँग्रेसको तर्फबाट आधिकारिक उम्मेद्वार वीना तमाङ्ग भएको स्पष्ट पारेको छ ।
नेपाली काँग्रेस मेचीनगरका सभापति सुदयकुमार पनेरुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मेची सामुदायिक सेवा केन्द्रको निर्वाचनका लागि अध्यक्षमा तामाङ र सचिवमा अर्जुन राई आधिकारिक उम्मेद्वार भएकाले वहाँहरुलाई मतदान गरी विजयी बनाउन सबैलाई अपिल गरेको छ ।

केन्द्रको मंगलबार हुने मतदानका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरु मिलेर संयुक्त रुपमा उम्मेद्वारी दर्ता गरेका छन । केन्द्रको उपाध्यक्ष र महासचिव लगायतका पदहरुमा सर्वसम्मत भए पनि अध्यक्ष र सचिवमा भने भोलि मतदान हुँदैछ ।
भोलि हुने निर्वाचनका लागि केन्द्रमा ५१० जना मतदाता रहेको निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.