कुखुराको आयातमा कडा निगरानी

एकसय बढी ब्रोइलर कुुखुरा बरामद गरी नष्ट

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, २३ माघ | काठमाण्डौको तारकेश्वर नगरपालिका क्षेत्रमा बर्डफ्लू देखिएपछि नेपाल प्रवेशको पूर्वीनाका काँकरभिट्टाबाट कुखुराजन्य वस्तुको आयात रोक्न प्रहरीले उच्च सतर्कता अप्नाएको छ । । रोग देखिएको क्षेत्र काठमाण्डौंको तारकेश्वर नगरपालिका—७ साङ्लेखोला, फुटुङकाका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएकोे छ ।

यसैक्रममा झापाको मेचीनगर— ६ तुर्केनीबाट शुक्रबार विहान १ सय ११ वटा कुखुरा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टा मातहत रहेको फरवार्ड पोष्ट नकलबन्दाका पोष्ट कमाण्डर सशस्त्र प्रहरी नायव निरीक्षक रामबहादुर प्रधानको कमाण्डमा रहेको पैदल गस्ती टोलीले अबैधरुपमा भारतबाट नेपालतर्फ ल्याउदैं गरेको करीव ३ सय केजी १ सय ११ वटा ब्रोइलर कुखुरा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टा पोष्टपति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले बताउनुभयो । नेपालमा बर्डफ्लू भित्रिन नदिन तथा यसको संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा आफ्नो क्षेत्रमा निगरानी उच्च बनाइएको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टा पोष्टपति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले बताउनुभयो ।

बरामद कुखुरा पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख डाक्टर रामकुमार मण्डल,कार्यालय पशु स्वास्थ्य प्राविधिक गंगाराम यादव, पशु चिकित्सक मुकेशकुमार सिहं, समाजसेवी विष्णुभक्त तिमल्सिना, सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टा पोष्टपति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईलगायतको उपस्थितीमा विओपी परिसरमा कुरखुरा नष्ट गरिएको थियो । रोग नियन्त्रण र फैलिन नदिनाकलागि पक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परीक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख डाक्टर रामकुमार मण्डलले आग्रह गर्नुभएको छ ।

नेपालमै पहिलो पटक २०६५ साल माघमा झापाको मेचीनगरबाटै बर्डफ्लू रोग फेला परेको थियो । त्यसको एक महिनापछि झापाकै शरणामतीमा दोस्रोपटक फेला पर्यो । त्यसपछि काठमाडौ, भक्तपुर ललितपुर, कास्कीलगायत देशका बिभिन्न भागमा यो रोग फैलिएपछि नेपाल सरकारले पंक्षी तथा पंक्षीजन्य वस्तुको आयातमा रोक लगाएको थियो ।

बर्डफ्लूको महामारी फैलिन नदिन सरकारले भारतबाट पक्षी तथा पंक्षीजन्य बस्तुको आयतमा रोक लगाए पनि यसको अबैध रुपमा हुने आयात नरोकिएको कुखुरापालक किसानहरुको भनाई छ । सन् २०१९ मा बर्ड फ्लु भाइरसकै कारण नेपालमा २१ वर्षका युवकको मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.