जाडोबाट हुने जनधनको क्षति रोक्न जुट्न गृहमन्त्री थापाको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

बुधबार ,मङ्सिर १७, २०७७

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले हिउँदको समयमा आउने विपद् (शीतलहर, हिमपात) बाट हुने जोखिम रोक्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजनाका साथ समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएनु भएको छ।
दिनुभएको छ
भन्नुभएको छ

गृह मन्त्रालयमा आज भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको नवौँ बैठकमा गृहमन्त्री थापाले सरकारको प्रमुख लक्ष्य भनेकै जाडोको समयमा हिमपात तथा शीतलहरका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्नु रहेको उल्लेख गर्दै आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा जोड दिनुभएको छ ।

छलफलमा उहाँले विषयगत मन्त्रालयसँगको समन्वयमा आवश्यक तयारीका काम थालिएको समेत जानकारी दिए । मन्त्री थापाले मातहतका निकायलाई क्षति कम गर्न आवश्यक योजनाका साथ अघि बढ्नसमेत निर्देशन दिनुभएको छ ।

जाडोबाट हुने उत्पन्न परिस्थितिको सामना गर्न नीतिगत योजना निर्माण गर्दै आएको र गत वर्ष सफलतापूर्वक कार्ययोजना लागू हुँदा क्षति कम भएको मन्त्री थापाको जिकिर थियो । उहाँले भन्नुभयो, “विगतजस्तो यो वर्ष सहज छैन, कोभिड–१९ ले थप चुनौतीपूर्ण बनाएको छ, हिमपात र शीतलहरका साथै कोरोना नियन्त्रणमा ध्यान दिनुपर्छ ।”

उहाँले कार्य क्षेत्रमा खटिने निकायलाई साधन सम्पन्न गराउने कुरामा सरकार गम्भिर रहेको प्रष्ट पार्नुभयो । हिमपातलाई सामना गर्न हिमाली क्षेत्रमा आवश्यक पर्ने लत्ताकपडा तथा साधन स्रोतको व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

“बाढी पहिरोका कारण यसवर्ष धेरै घरबारविहीन छन्, उनीहरुलाई न्यानो हुने अवस्था सिर्जना गर्न सकेनौँ भने चुनौती हुनसक्छ, त्यसतर्फ पनि ध्यान दिनुपर्छ”, बैठकमा मन्त्री थापाले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.