चारआली खण्डमा ‘रियाभ रि-कन्सट्रक्सन’ को काम शुरु

बाँकी खण्डमा चाँडै अघि बढ्ने

A notice in Nepali from Mechinagar Ward No. 10

५ असोज, मेचीनगर : झापाको मेचीनगर नगरपालिकाको पहलमा मेची राजमार्ग अन्तर्गत नगरको प्रमुख व्यपारिक केन्द्र चारआली खण्डमा ‘रियाभ रि—कन्सट्रक्सन’ को काम शुरु भएको छ । मंगलबार नगरप्रमुख विमल आचार्य तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त रुपमा निर्माण कार्य शुरु भएको जानकारी गराउनुभयो ।

नगरपालिकाले निर्माणस्थलमा रहेका विद्युत तथा टेलिफोनका तार, खानेपानी विस्तारका लागि विछ्याइएका पाइपसहित रुख र विभिन्न बिरुवाहरुको व्यवस्थापन गरेर निर्माण स्थल खाली गरे लगत्तै डिभिजन सडक कार्यालय दमक झापाले निर्माणको काम शुरु गरेको हो ।

पूर्व पश्चिम लोकमार्गदेखि ८२ फिट छाडेर चारआली उत्तरतर्फ ५ सय ३५ मिटरसम्म ‘रियाभ रिकन्सट्रक्सन’को काम हुने डिभिजन सडक कार्यालय दमक झापाका इञ्जिनियर अनुप साउदेनले जानकारी दिनुभयो । २० मिटरसम्म कालोपत्रे चौडाई र डेढ मिटर दुई साइडमा नाला हुने उहाँको भनाई छ । २०७८ जेठ ६ गते निर्माण कम्पनी समता कन्सट्रक्सन कम्पनी प्रालि विर्तामोड झापासँग असार मसान्तसम्म्मा काम सक्ने सम्झौता भएपनि कोभिड १९ लगायत अन्य कारणले समयमै निर्माण शुरु गर्न नसकेपछि अहिले समयअवधि थप गरेर निर्माण कार्य शुरु गरिएको समता कन्सट्रक्सन कम्पनी प्रालि विर्तामोड झापाका प्रवन्ध निर्देशक मनोज उप्रेतीले जानकारी दिनुभयो ।

उहाँले चारमहिना भित्रमा सबै काम पुरा गर्ने लक्ष्यका साथ काम अघि बढाइएको र चारपर्व र मौसमका कारण केही समय रोकिए पनि पाँचमहिना भित्रमा निमार्ण कार्य सम्पन्न हुने बताउनुभयो । योजनाको लागत मुल्य अभिवृद्घि कर भ्याट सहित ३ करोड ३८ लाख रुपैयाँ रहेको छ । यो योजनाका लागि मेचीनगरले विगत दुईवर्षदेखि सम्बन्धित पक्षसँग समन्वय गदैं निर्माण कार्यमा पहल गरिरहेको नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो । ‘ यो योजनाका लागि मेचीनगरले निक्कै कसरत गरेको छ । पटक पटक सम्बन्धित पक्षसँग समन्वय गरेको छ । योजना सम्पन्न भएपछि धेरै कुराको फाइदा हुने छ’ नगरप्रमुख विमल आचार्यले भन्नुभयो —‘ सडक विस्तार हुने वित्तिकै दुघर्टनामा कम, व्यवसायीलाई सहज तथा चारआलीको मुहार नै फेरिने छ ।’ उपप्रमुख उप्रेतीले योजना सम्पन्न गर्न गुणस्तरमा ध्यान दिन निर्माण पक्षलाई सुझाव दिनुभयो । यसले ढल व्यवस्थापनमा पनि मद्घत पुग्ने छ । उहाँले सडक विस्तार भएपनि सवारीका साधन समेत अव्यवस्थित नहुने र अहिले अव्यवस्थितरुपमा रहेका विद्युत तथा टेलिफोनका तारहरु समेत व्यवस्थित हुने बताउनुभयो ।

समयमै निर्माण कार्य सम्पन्न गर्न तथा निर्माण कार्यलाई सहज बनाएर निर्माण कम्पनीसँग समन्वय गर्न सुदर्शन बरालको अध्यक्षतामा ११ सदस्यीय र ‘रियाभ रि—कन्सट्रक्सन’ उपभोक्ता समिति निर्माण गरिएको कार्यबहाक अध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.