मेचीनगरमा चितुवाको आतङ्क: दुई दर्जनभन्दा बढी जनावरको आक्रमण, बालबालिकालाई एक्लै हिँड्न रोक

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर नगरपालिका–२ र ४ स्थित आलडागी क्षेत्रमा चितुवाको आतङ्क तीव्र रूपमा बढेको छ। पछिल्ला केही सातादेखि चितुवाले बाख्रा, कुकुर, सुँगुरका पाठा लगायत झण्डै दुई दर्जन घरपालुवा जनावरको आक्रमण गरी मारेको स्थानीयवासीले बताएका छन्।

चितुवा अहिले वडा नं. २ आसपास देखिन थालेपछि बालबालिका र सर्वसाधारणलाई विशेष सतर्क रहन अनुरोध गरिएको छ। वडाले अभिभावकहरूलाई बालबालिकालाई एक्लै घरबाहिर नपठाउन आग्रह गरेको छ।

वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीका अनुसार चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, सशस्त्र सुरक्षाकर्मी, द्रुत प्रतिक्रिया टोली (RRT) र जनप्रतिनिधिहरूको टोली सक्रिय रूपमा अभियानमा जुटेको छ।

अध्यक्ष कार्कीले सञ्चारमाध्यमहरूसँग चितुवा सम्बन्धी सूचना प्रसारमा सहयोग गर्न र स्थानवासीलाई थप सतर्कता अपनाउन अपिल गरेका छन्।

झापाको वन क्षेत्रमा चितुवा तथा अन्य वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने घटना पछिल्ला वर्षमा बढ्दो छ। वन अतिक्रमण, चौरफाटा विस्तार, र बन्यजन्तुका बासस्थानमा क्षति पुगेका कारण यस्तो जोखिम बढेको वन विशेषज्ञहरूको धारणा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.