नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो राष्ट्रपति बन्ने अवसर त्यागेको मान्छेलाई अहिले राष्ट्रपतिको लोभमा लागेको भनेर गलत प्रचार गरिएको गुनासो गरेका छन् ।
उनले आफू लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको बताए ।
नेपाली कांग्रेस भक्तपुरले पूर्व सभापति विश्वनाथ मिश्रको १०५ औं जन्मजयन्तीको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अहिले कांग्रेसले कुनै पदको लोभ गर्न नहुने बताए ।
‘म आज तपाईंहरूलाई भन्न बाध्य छु – पहिलो राष्ट्रपति बन्ने बेलामा गिरिजाबाबुलाइ राष्ट्रिय अन्तर्राष्ट्रिय फेनोमेनाले राष्ट्रपति बन्न नदिएपछि तपाईं हुनुस् भनेर मलाई प्रस्ताव गर्नुभएको हो,’ पौडेलले भने, ‘गिरिजाबाबु मलाई अझै पनि लोकतन्त्रको लागि लड्नुपर्ने काम छ, राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन, मैदानमा बसेर लड्छु भनेर छाडेर हिडेको थिएँ ।’
























