१० साउन , काँकडभिट्टा : झापाकाे मेचीनगर- ६ स्थित काँकडभिट्टा स्वास्थ्य चाैकीले ३१ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई परिचय पत्र वितरण गरेकाे छ । दशकाै देखि प्रत्येक गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा र परमर्शा प्रदान गर्दै आएपनि उनीहरूसँग आफ्नाे पहिचान खुल्ने परिचय पत्र थिएन। आगमीदिन उनीहरूमा थप हाैसला र उर्जा मिलाेस भन्दै चाैकीले आफ्नाे क्षेत्रभित्रका ३१ जना महिला स्वास्थ स्वयम् सेविकालाई परिचय पत्र प्रदान गरेकाे चाैकी प्रमुख सिनियर अहेव लेखनाथ खतिवडाले जानकारी दिनुभयाे । उहँले परिचय पत्रले काम गर्न थप सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।


























