आजको राशिफल (मिति २०७८ साल माघ ३ गते सोमबार)

A notice in Nepali from Mechinagar Ward No. 10

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।


वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ। विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटले आनन्द दिलाउनेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला। सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
तारिफ योग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ। अवसर प्राप्त भए पनि काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ। विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन्। ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन्। नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुने समय छ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ।


तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ। छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। तर अरूका काममा समय खर्चनुपर्ला। योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला।


वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। अरूको भरपर्दा धोका पाइएला। गोपनीयतामा ध्यान दिनुहोला।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सन्दर पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।


मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन्। मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ ।


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आज आफ्ना नातेदारहरुसंग झै झगडा पर्न सक्छ, आर्थिक समस्या पनि पर्न सक्छ, साथै सवारीसाधन चलाउदा पनि सावधान रहनु होला । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। धन कमाउने अवसर पनि मिल्ने देखिन्छ ।


मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । मान–सम्मानपाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ ।


तपाईको दिन शुभ रहोस् ।


ज्योतिष प.तुलसी भारद्वाज निरौला
सम्पर्क : ९८४१४०५०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.