आजको राशिफल (मिति २०७८ साल फागुन ३० गते सोमबार)

A notice in Nepali from Mechinagar Ward No. 10

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ ।


वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु होला । धननाश हुने योग छ । अनावस्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पैसो कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ ।


तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यर्थको खर्चले मन पिरोल्ला ।  सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला । मनमा चिन्ता बढने योग छ । साथै धनमाल हराउन सक्छ ।


वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ संयम भएर काम गर्नुहोला ।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बचत हुने प्रवल सम्भावना छ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिलनेछ ।


मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरि तथा राजनितीमा सफल भइएला ।


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । परिश्रमले काममा रुचि बढने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला ।


मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । व्यापारमा सफलता पाउने यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ ।


तपाईको दिन शुभ रहोस् ।


ज्योतिष प.तुलसी भारद्वाज निरौला
सम्पर्क : ९८४१४०५०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.