विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर । सिमानाका काँकरभिट्टालाई स्वच्छ बनाउनका निमित्त विष्णु श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति  गठन भएकाे छ। हिजाे (साेमबार) काँकरभिट्टामा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवीलगायतकाे उपस्थितिमा बसेकाे बैठकले विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा १४ जनाकाे कार्यसमिति निर्माण गरेकाे यस समितिका सचिव एवम् ट्राभल संघ झापाका अध्यक्ष निर बहादुर कार्की (नेत्र) ले जानकारी दिए।

उक्त समिति निर्माण भेलामा मेचीनगर हाेटल व्यवसायी संघका अध्यक्ष शुरेस कुमार श्रेष्ठ, सचिव हस्त बहादुर तामाङ्ग, पूर्व सचिव राम बहादुर तामाङ्ग,सदस्य ध्रुव गिरी, ट्राभल संघ झापाका अध्यक्ष निर बहादुर कार्की (नेत्र) महासचिव पृथुराज गाैतम, महेन्द्र राजमार्ग कर्मचारी कल्याणकाेषका अध्यक्ष विष्णु गाैतम, सुनाैलाे संयुक्त व्यवसायी यातायात प्रा.लि.का अध्य्क्ष भुपाल ओली, पूर्व मेची बस व्यवसायी  प्रा. लि. का अध्यक्ष विष्णु कुमार श्रेष्ठ, ट्रेड युनियन झापाकका सह-सचिव गाेपाल सिवाकाेटी ,पूर्वी नेपाल यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष केशव गिरी ,नाटा पुर्वाञ्चलका अध्यक्ष उदय कुमार श्रेष्ठलगायत समाजका बाैद्विक व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे।

उक्त भेलाले निर्माण गरेकाे समितिकाे संयाेजकमा विष्णु कुमार श्रेष्ठ, सह-संयाेजकमा भुपाल ओली, सचिवमा निर बहादुर कार्की (नेत्र) र काेषाध्यक्षमा राम बहादुर तामाङ्ग रहेकका छन्। त्यस्तै सदस्यहरूमा सुरेश कुमामर श्रेष्ठ, विष्णु गाैतम, उदय कुमार श्रेष्ठ, मानबहादुर गिरी, गाेपाल शिवाकाेटी, हस्त बहादुर तामाङ्ग, पृथुराज गाैतम, दिल कुमारी श्रेष्ठ, दिव्यसरा मैनाली (खरेल) र केशब गिरी रहेका छन्।

उक्त नवगठित समितिले काँकरभिट्टा क्षेत्रमा हुने हरेक किसिमका विकृति, विसंगति, अपराधिक कृयाकलाप, सरसफाइ लगायतका क्षेत्रमा काम गर्ने र स्वच्छ काँकरभिट्टा निर्माण गरिने समितिका सचिव निर बहादुर कार्की (नेत्र) ले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.