मेचीनगरमा केएचडीसी कार्यक्रम, ६ हजारबढीले लिए सेवा

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १० बैशाख | मेचीनगरक्षेत्रका धेरै मानिसहरुको पहुँच अहिलेपनि स्वास्थ्य क्षेत्रमा पुगेको छैन् । स्वास्थ्यको पहुँचबाट टाढा टाढा रहेका नगरवासीलाई घर घरमै स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिन अहिले मेचीनगर नगरपालिका निक्कै दत्तचित्तका साथ लागि परेको छ । हरेक वडाका वासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर गाउँ गाउँमा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सञ्चालन गरिहेको नगरप्रमुख विमल आचार्यको भनाई छ ।
मेचीनगर नगरपालिकाले घर घरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्घेशयले नगरका विभिन्न वडामा मृगौला, उच्च रक्तचाप, मधुमेह, मुटुरोगसम्बन्धि केएचडीसी कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ । नगरका ४, ९, १०, १५ र १५ गरी ५ वटा वडामा यो सेवा प्रदान गरेको नगरप्रमुख आचार्यको भनाई छ । सो कार्यक्रमबाट अहिलेसम्म ६ हजार बढीले सेवा लिइएको बताईएको छ ।

वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्राध्यापक डक्टर सञ्जीवकुमार शर्माको नेतृत्वमा सञ्चालित केएचडीसी किड्नी, हाइ ब्लडप्रेसर, डायबिटिज, कार्डियो भास्कुलर (मुटु) कार्यक्रम नगरका विभिन्न वडामा सञ्चालन भइरहेपनि अहिले कोभिड १९ का कारण केही दिनका लागि स्थगित गरेको स्वास्थ्यकर्मीको टोलीले जनाएको छ । अधिकाँशमा मृगौला, उच्च रक्तचाप, मधुमेह, मुटु सम्बन्धि समस्या देखिएको प्राध्यापक डक्टर शर्माको भनाई छ ।

‘मेचीनगरका ५ वटा वडामा हाम्रो टोलीले ६ हजार २ सय ९८ जनाको स्वास्थ्य परीक्षण गर्यो’ डाक्टर शर्माले भन्नुभयो—‘ अधिकाँशमा उच्च रक्तचापको स्थिति भयाभह पाइएको छ । त्यसपछि मृर्गौला, डायबिटिज, कार्डियो भास्कुलर (मुटु) का रोगी पनि कम छैनन् ’धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु र मृर्गौला रोगका विशेषज्ञ चिकित्सक सञ्जीवकुमार शर्मा केही महिनायता झापाको मेचीनगरका विभिन्न वडामा हुनुहुन्छ । खासगरी लक्षण नदेखिने रोगहरु मृर्गौला, उच्च रक्तचाप, मधुमेह र मुटुवारे निःशुल्क स्वास्थ्य शिविरसंगै स्वास्थ्य जनचेतना प्रदान गदैं आएको ‘केएचडीसी नेपाल’ नामक संस्थाका संस्थापक उहाँ शरहभन्दा बढी गाउँ केन्द्रित हुनुहुन्छ । ‘एबीसीडीई जचाऔ, मृर्गौला र मुटु बचाऔ’ भन्ने अभियानको नारा रहेको उहाँ बताउनुहुन्छ । नगर प्रमुख आचार्य यो अभियानले नगरका धेरै सर्वसाधारणलाई स्वस्थ र सचेत वनाउने र सिंगो नगरलाई नै निरोगी वनाउने कुरामा विश्वास गर्नुहुन्छ ।

एबीसीडीई अर्थात पिसावको प्रोटिन, उच्च रक्तचाप, क्रिएटिनिन, कोलस्टेरोल, मधुमेह र मृर्गौलाको रक्त शुद्धिकरण दर अनिर्वा रुपमा जचाउ“न अभियानले सर्वसाधारणलाई प्रेरित गर्ने प्राध्यापक डक्टर शर्माको भनाई छ । ‘मृर्गौला, उच्च रक्तचाप, मधुमेह र मुटु रोगको लक्षण भनेकै लक्षण नहुनु हो’, डा. शर्माले भन्नुभयो —‘यस्ता रोग भित्रभित्रै वढिरहेको पत्तै हुदैन । जव अंग विग्रिन्छ । तव पक्षघात हुन्छ, हिर्दयघात हुन्छ अनि मात्रै थाहा हुन्छ ।’

स्वस्थ जीवन शैली अपनाए, रोग लागेर औषधि गर्नुभन्दा रोगको बाटो छेक्नु नै जाती भने झै । हामीले बेला बेला हाम्रो स्वास्थ्य परीक्षण गराउने हो भने भविष्यमा ठूलो स्वास्थ्य समस्या व्यहोर्नु नपर्ने, घाम पानी, परिश्रम, नियमित आहार र विहारमा ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

गएको १८ माघदेखि नगरपालिका वडानम्बर ४ मा कार्यक्रम सम्पन्न गरिएको र त्यहाँ १५ सय बढीले निःशुल्क स्वास्थ्य सेवा लिएको वडाध्यक्ष नविन बरालको भनाई छ । मिर्गौला, उच्च रक्तचाप, मधुमेह र मुटु रोग लक्षणविहीन रोगहरू हुन्, जसलाई ‘साइलेन्ट किलर’ भनिन्छ । केही लक्षण नहुनु यी रोगका मुख्य लक्षण हुन, । जब पक्षघात, हृदयाघात हुन्छ, मृगौला बिग्रन्छ अनिमात्रै थाहा पाउनुभन्दा सुरूमै थाहा पाए सामान्य उपचारले बच्न सकिने विशेषज्ञहरुको भनाई छ ।
२१ चैतबाट मेचीनगर नगरपालिकाको ९ नम्बर वडामा शुरु उक्त कार्यक्रमा दैनिक डेढसयदेखि दुईसय जनाले स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष गोपाल खड्काले बताउनुभयो ।

कार्यक्रममा शर्मासहितका विशेषज्ञ चिकित्सक १० जना, नर्सिङ र ल्याबका स्वास्थ्यकर्मी १५ जना गरेर २५ जना स्वयंसेवामा खटिन्छन् । जहाँ संयौ वडावासीहरुले सुविधा सम्पन्न अस्पतालमा महंगो खर्चमा गर्नुपर्ने उपचार घर आगनमै पाएका थिए । लक्षण बेगरका दीर्घ रोगबारे सर्वसाधारणलाई बेलैमा जानकार तुल्याउन सके धेरैको जीवन बचाउन सकिने भएकाले पनि आफ्नो विशेषज्ञता भएको रोगबारे गाउँगाउँमा जाँच अभियान चलाउन सहयोगी गुहार्न आफैं खटिएर कम्तीमा सर्वसाधारणलाई स्वास्थ्य परीक्षणका लागि उत्प्रेरित गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । सुरूकै अवस्थामा यी रोग पत्ता लगाउन सके यसले निम्त्याउने जीवनको क्षति रोक्न सकिने उहाँको भनाइ छ ।

धरान क्षेत्रका सहयोगी, विदेशका विभिन्न सेवामूलक काममा खटिएका व्यक्ति अनि बीपी प्रतिष्ठानकै समन्वयमा डा. शर्मा नेतृत्वमा सुरू भएको अभियानबाट यो १८ वर्षमा झापा, मोरङ सुनसरीमा १ लाखभन्दा बढी सर्वसाधारणले सेवा पाइसकेका छन् । डा. शर्मा र उनको टिमको यो अभियानले पूर्वी नेपालको स्वास्थ्य सेवा क्षेत्रमा अतुलनीय योगदान गरेको मान्नेहरू प्रशस्त छन् । किड्नी, हाइ ब्लडप्रेसर, डायबिटिज, कार्डियो भास्कुलर (मुटु) रोग दीर्घरोग मनिन्छ ।

यी चार प्रकारका रोग मानिसका निम्ति साइलेन्ट किलर भएकै कारण मेचीनगर नगरपालिकाले यी रोगबाट भविष्यमा कोहि पनि नगरवासीले समस्या व्यहोर्नु नपरोस भनेर यस्तो शिविर आयोजना गरेको हो । शुरुकै अवस्थामा पत्ता लगाएर साधारण उपचारमार्फत दिर्घरोग बाट बच्न सकिने भएकाले नगरपालिका नगरका १५ वटै वडामा यस्तो शिविर सञ्चालन गर्ने योजनामा छ ।

स्वस्थ जीवन बाँच्ने भए दैनिक एक घन्टे जागिर खान, दैनिक एक घन्टा हिँड्ने बानी गरे धेरै स्वास्थ्य समस्या छल्न सकिने शिविरमा आउने सेवाग्राहीलाई विशेषज्ञहरुको सुझाव छ । घाम, पानी, परिश्रम, आहारविहार यी सबैभन्दा उत्तम औषधी रहेको भएको र चिकित्सकले लेख्ने औषधी छैठौं नम्बरदेखिका मात्रै हुने । पहिलो पाँच नम्बरका औषधीमा जोड गर्न बीपी प्रतिष्ठानका यी चर्चित चिकित्सक थप्छन् ।

यो अभियानले तीन चरणको कामलाई मुख्य प्राथमिकता दिएको छ । पहिलो चरणमा सर्वसाधारणलाई स्वास्थ्य परीक्षणका लागि प्रेरित गर्ने, तत् क्षेत्रका स्वास्थ्यकर्मीलाई केएचडिसीबारे तालिम दिने अनि यस्ता रोगबाट सर्वसाधारण जोगाउन सहयोग गर्न स्थानीय सरकारलाई घच्घच्याउने । मेचीनगरमा चलिरहेको शिविरमा मेचीनगरको स्थानीय सरकार खटिएको छ ।
अझै पनि स्वास्थ्य जस्तो सम्वेदनशिल विषयमा मानिसले हेलच्याक्राइ गरीरहेका बखत नगरपालिकाले अव सामान्य रोगको उपचार गर्न बाहिर जान नपरोस भनेर प्रत्येक वडामा विशेषज्ञसहितको भरपर्दाे निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख आचार्यको भनाई छ । ‘सर्वसुलभ र छिटो छरितोरुपमा स्वास्थ्य सेवा पाउनु हरेक मानिको नैसर्गिक अधिकार हो ’ नगरप्रमुख आचार्यले भन्नुभयो —‘त्यही भएर मेचीनगर नगरपालिका अहिले नगरका प्रत्येक वडा वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवा लिएर पुग्ने गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.