२१ पाैष, मेचीनगर : श्री काँकडभिट्टा बचत तथा ऋण सहकारी संस्था लि मेचीनगर झापाले अर्थशास्त्र संकायमा दुईपटक नेपाल प्रथम कपिल पाेख्रेललाई उहाँकै गृहनगरमा सम्मान तथा पुरस्कृत गरेकाे छ ।

झापा मेचीनगर- ६ काँकडभिट्टा निवासी पाेख्रेल अध्ययनका क्रममा स्नातक तहमा व्यवस्थापन (बिबिए) संकायमा नेपाल प्रथम र स्नातकोत्तर तह (एमए) अर्थशास्त्र संकायमा समेत प्रथम भई दुईपटक नेपाल प्रथम हुनुभएकाे हाे ।
संस्थाले आफ्नाे १३ओैँ वार्षिक साधारणसभाकाे अवसर पारेर शनिवार नगद १५ हजार रूपैयाँ सहित सम्मान पत्र प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकीले दाेसल्ला माला टिका पहिर्याएर उहाँलाई प्रदान गर्नुभएकाे थियाे ।
उद्घाटन सत्रमा बाेल्दै प्रमुख अतिथि नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले सहकारीका मुल्य, मान्यता र सिद्धान्तलाई हरेक सहकारीले आत्मासाथ गरेर अघि बढ्नुपर्ने बताउनुभयाे । अब सहकारीले बचत गर्ने र ऋण लिने मात्र नभई उत्पादनकाे क्षेत्रमा समेत काम गर्नुपर्ने बताउनुभयाे ।

सहकारी सञ्चालकहरू निक्कै सचेत हुनुपर्ने भन्दैँ अहिले सहकारीलाई आक्रमण गर्ने काम शुरू भएकाे र यसबाट सवै सहकारी सञ्चालकहरूले हाेशियार हुनुपर्ने उहाँकाे भनाई थियाे । स्थानीय सरकार हरेक संघ संस्थासँग समन्वय गरी काम गर्न तयार रहेकाे भन्दैँ उहाँले सहकारीका माध्यमबाट अघि बढ्ने बताउनुभयाे । अब उत्पादनमा नलागे देश समृद्धि नहुने भन्दैँ हरेक क्षेत्र उत्पादनतर्फ लागेर देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जाेड दिनुभयाे ।
नगरक्षेत्रभित्र हरेक कुराकाे उत्पादन प्रशाेधन र बजारीकरणमा स्थानीय सरकार लाग्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
संस्थाका सदस्य रूद्रप्रसाद र देविमाया पाेखरेलका सुपुत्र पुरस्कृत तथा सम्मानित व्यक्तित्व पाेख्रेलले राष्ट्रपतिबाट तीनवटा स्वर्ण पदक प्राप्त गर्नुभएकाे छ । कार्यक्रममा बाेल्दैँ पुरस्कृत पाेख्रेलले याे विषेश सम्मानकालागि धन्यवाद ज्ञापन गर्नुभयाे । देशकाे अर्थतन्त्रलाई उचाईमा पुर्याउन आफ्नाे भूमिका रहने भन्दैँ उहाँले सरकारले अहिले देशकाे अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई पनि राखेकाे बताउनुभयाे । अर्थतन्त्रकाे स्काेप सहकारीले पुरा गरेकाे उहाँकाे भनाई छ ।
कार्यक्रममा उहाँसहित उत्कृष्ट ऋणीतर्फ यमुना तामाङ मगर र उत्कृष्ट बचतकर्ताका रूपमा टिकाराम सिटाैलालाई सम्मान तथा पुरस्कार प्रदान गरिएकाे थियाे । नगद एकहजार रूपैयाँसहित सम्मान पत्र प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी विशिष्ट अतिथिलगायतले प्रदान गर्नुभएकाे थियाे । यसैगरी, संस्थाका ९ जना कर्मचारीहरूलाई जनही एकहजार रूपैयाँसहित फूलमाला पहिर्याएर सामूहिक सम्मान गरिएकाे थियाे ।
संस्थाका अध्यक्ष भुपाल शिवाकोटीले साधारणसभाकाे उद्घाटन सत्रकाे सभापतित्व गर्दैँ सञ्चालक समितिले तयार गरेकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयाे । उपाध्यक्ष राजु कार्कीले सञ्चालन गरेकाे उद्घाटन सत्रमा सहभागीलाई सदस्य हस्तबहादुर आाङ्गदेम्बेले शब्दमार्फत स्वागत गर्नुभएकाे थियाे ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले सहकारीलाई ठिक ढंगले अघि बढाउन सवैभन्दा पहिला सहकारी बुझ्नुपर्ने बताउनुभयाे । सहकारी अन्य संघ संस्थाकाे तुलनामा फरक रहेकाे र सहकारीमा सदस्य नै मालिक हुने उहाँले स्पष्ट पार्नुभयाे ।
सहकारीका नाममा अहिले नकारात्मक गतिविधि सञ्चालन भएकाले पछिल्लाे समय केही केही सहकारीका कारण सहकारी बदनाम हुन पुगेकाे उहाँकाे भनाई छ । सहकारी सहकारी मिलेर सहकार्य गर्नु सहकारीकाे सिद्धान्त रहेकाे र सहकारीले नाम अनुसार काम गर्नुपर्ने बताउनुभयाे ।
























