ओलीले झुटको खेती गर्न बनाएको टीमलाई साइबर स्याल भन्छन्– माधव नेपाल

A notice in Nepali from Mechinagar Ward No. 10

झापा, वैशाख ३ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको खेती गरिरहेको आरोप लगाउनुभएको छ ।

शुक्रबार झापाको बिर्तामोडमा नेपाल समर्थित नेकपा एमालेले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीले झुटको खेती गर्न टिम बनाएको र त्यसलाई साइबर स्याल भन्ने गरिएको बताउनुभयो ।

‘प्रधानमन्त्री ओलीसँग हाम्रो कुनै व्यक्तिगत रिसइवी नभएको र उहाँ सुध्रिए भइहाल्यो नेता नेपालले भन्नुभयो, ‘उहाँ अहिले पनि सुध्रिए भयो । तर, उहाँ कस्तो खाले मान्छे हो भने आफूलाई मन नपरेको मान्छेलाई पत्ता साफ बनाउनु हुन्छ ।’

कार्यक्रममा पार्टीका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा बमोजिम नै अदालतले उहाँको पक्षमा फैसला गरेको बताउनुभयो ।

नेपाल पक्षधर नेकपा एमाले झापाका अध्यक्ष वोधराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।

घोषित कमिटीको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल उपसचिवमा मणि भण्डारी लगायत ३५१ सदस्यीय समिति रहेको र विभिन्न विधागत कमिटी समेत गठन गरिएको घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.