एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने, उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान
पढ्न लाग्ने समय: ३ मिनेट • कुल शब्द: ३४२

📌 मुख्य बुँदाहरू:

  • नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ।
  • उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।
  • यसपटक प्रतियोगिताको विजेता टोलीले १ करोड ५० लाख, उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

नेपाली क्रिकेटको महाउत्सवका रूपमा परिचित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज (कात्तिक ९) देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा औपचारिक रूपमा सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। साँझ ५ बजेदेखि सुरु हुने यस खेलसँगै तेस्रो संस्करणको रोमाञ्चक यात्राको थालनी हुनेछ।

सहभागी टोली र आकर्षक पुरस्कार राशि
यस वर्षको प्रतियोगितामा कुल आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज रहेका छन्। अघिल्ला संस्करणहरूको तुलनामा यस वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कारको राशिमा भारी वृद्धि गरेको छ।

नयाँ घोषणा अनुसार प्रतियोगिताको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। गत वर्षको विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएका थिए। यसपटक उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Npl s3 roadblock
Npl s3 roadblock

उपाधि रक्षाको दाउमा लुम्बिनी र पहिलो उपाधि खोजीमा सुदूरपश्चिम
साविक विजेता लुम्बिनी लायन्स आफ्नो उपाधि रक्षा गर्ने दृढ संकल्पका साथ मैदान उत्रनेछ भने पछिल्ला दुई सिजनमा फाइनलमा पराजित भएको सुदूरपश्चिम रोयल्स यसपटक पहिलो पटक च्याम्पियन बन्ने उच्च मनोबलसहित खेल्नेछ।

लुम्बिनीले यस सिजनका लागि भारतका टिनु योहानानलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको तिनै प्रशिक्षक हुन् जसले लुम्बिनीलाई दोस्रो सिजनको उपाधि दिलाएका थिए। टोलीमा बंगलादेशका शमीन हुसेन र अमेरिकाका श्याड्ली भान शाल्क्विक नयाँ विदेशी खेलाडीका रूपमा अनुबन्धित भएका छन् भने नामिबियाका रुबेल ट्रम्पलम्यान, अस्ट्रेलियाका डार्सी सर्ट र श्रीलंकाका निरोसन डिकवेललाई विदेशी खेलाडीका रूपमा निरन्तरता दिइएको छ। लुम्बिनीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, शेर मल्ल, सन्दीप जोरा, अभिषेश गौतम, तिलक भण्डारी र किशोर महतो जस्ता चर्चित घरेलु खेलाडीहरूको समेत बलियो उपस्थिति रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.