फेरि फुट्यो राप्रपा, ‘राजासहितको प्रजातन्त्र’ को जगमा नयाँ दल घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि विभाजन भएको छ। पार्टीका महामन्त्री धवलशमशेर राणाले बिहीबार औपचारिक रूपमा पार्टी परित्यागको घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेपछि राप्रपाभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद सतहमा आएको हो।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राणाले राप्रपा नेतृत्वमाथि पार्टीको मूल विचार, सङ्गठनात्मक लोकतन्त्र र कार्यकर्ताको भावनालाई बेवास्ता गरेको गम्भीर आरोप लगाए। उनी लामो समयदेखि पार्टीभित्र पुस्तान्तरण, सङ्गठन पुनर्गठन र वैकल्पिक नेतृत्वको पक्षमा उभिँदै आएका थिए। नयाँ दलको प्रमुख आधार ‘राजासहितको प्रजातन्त्र’ हुने स्पष्ट पार्दै राणाले भने, ‘मैले पार्टी मात्र छोडेको होइन, राष्ट्रवादी शक्तिलाई नयाँ ढङ्गले सङ्गठित गर्ने अभियान सुरु गरेको हूँ। राप्रपा आफ्नो मूल उद्देश्यबाट विचलित हुँदै गएको महसुस भएपछि नयाँ विकल्प निर्माण गर्नुपर्ने अवस्था आयो’।

राणाका अनुसार पार्टीभित्रको पछिल्लो विवादको मुख्य कारण समयमै महाधिवेशन हुन नसक्नु हो। कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिले जेठ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरे पनि अध्यक्ष मण्डल र शीर्ष नेतृत्वले त्यसलाई कार्यान्वयन गर्न चासो नदेखाएको उनको आरोप छ। नेतृत्वले सङ्गठन विस्तारभन्दा व्यक्तिगत शक्ति केन्द्रित राजनीतिलाई प्राथमिकता दिएको र पटक-पटक सचेत गराउँदा पनि सुधार नभएपछि बाध्य भएर पार्टी छोड्नुपरेको उनले स्पष्ट पारे। राणाले पछिल्ला निर्वाचनमा राप्रपाको प्रदर्शन खस्किँदै गएको र यही अवस्था रहे आगामी स्थानीय तह निर्वाचनसम्म पार्टीले उम्मेदवारसमेत नपाउने चेतावनी दिएका छन्। राप्रपाभित्र केही वर्षदेखि पूर्वराजा समर्थक, हिन्दुराष्ट्रवादी, संसदीय राजनीति र सडक आन्दोलनलाई जोड दिने विभिन्न धारहरूबीच मतभेद बढ्दै गएको थियो, जसले अन्ततः पार्टीलाई पुनः विभाजनको सङ्घारमा पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.