१६ माघ, चरिकोट : यही माघ १६ गते बाट त्रिपुरा ग्लोरियस एकेडेमीमा विद्यार्थीको सहासिक क्रियाकलाप गराउने पवित्र तथा उत्कृष्ट उद्देश्य सहित स्थापना गरिएको त्रिपुरा स्काउट ट्रुप द्वारा “आयोजना गरिएको तेस्रो एडभेन्चर एण्ड फन क्याम्प” सुरु भएको छ ।


कार्यक्रममा २१७ स्काउटहरुको सहभागिता रहेको छ।कार्यक्रमका उद्घाटन बगमती प्रदेश सभा सदस्य माननीय भरत बहादुर के.सी.ले गर्नु भएको थियो।
कार्यक्रममा विषेश अथिति गरुड दल गणका सेनानी महेन्द्र चन्द ठकुरी साथै जिल्ला प्रहरी कार्यलय दोलखा,नायब उपीरक्षक युवराज खड्का, शसस्त्र प्रहरी बल हेड क्वाटर गुल्म- १८ का नायब उपीरक्षक शम्भु विक्रम शाहा लगायतको उपस्थिति रहेको थियो। गरुड दल गणद्वारा स्वास्थ शिविर समेत संचालन गरिएको छ। साथै यस क्याम्प निरन्तर दुई दिन सम्म चल्ने र विभिन्न सहासिक क्रियाकलापमा विद्यार्थीहरु सहभागी हुने क्याम्पका क्याम्प चिफ थिर बहादुर खड्काले जानकारी दिनु भयो ।




























