शानदार प्रदर्शन गर्दै अर्जेन्टिना विश्वकपको प्रिक्वाटरफाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

१५ मंसिर : दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको नकआउट चरण पुगेको छ। समूहको आफ्नो अन्तिम खेलमा बुधबार राती पोल्यान्डलाई २-० गोलले पराजित गर्दै अर्जेन्टिना प्रिक्वाटरफाइनल पुगेको हो।

अर्जेन्टिना ३ खेलबाट ६ अंक जोडेर समूह विजेता बन्यो। पहिलो खेलमा साउदी अरबसँग २-१ गोलले पराजित भएपछि दबाबमा आएको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई २-० गोलले हराएर दोस्रो चरण प्रवेशको सम्भावना कायम राखेको थियो। बुधबार पोल्यान्डविरुद्ध कप्तान लियोनल मेस्सीले पेनाल्टी अवसर सदुपयोग गर्न नसकेपनि अर्जेन्टिनाले दबाबपूर्ण प्रदर्शन गर्दै जित निकालेको थियो।

अर्जेन्टिनाको जितमा मार्क एलिस्टर र जुलियान अल्भारेजले गोल गरे। एलिस्टरले ४६ र अल्भारेजले ६७ औँ मिनेटमा गोल गरेका हुन्। त्यसअघि ३९ औँ मिनेटमा मेस्सीलाई डीबक्सभित्र लडाइएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो।

खेलभर ७३ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको अर्जेन्टिनाले लगातार आक्रमण गरेपनि पोल्यान्डका गोलरक्षक सिजेस्नीले शानदार बचाउ गरेका थिए। अर्जेन्टिनाले खेलभर गोलपोष्टमा २४ वटा आक्रमण गरेको थियो।

मेस्सी केही राम्रा अवसरमा चुकेका थिए। समूह सीको अर्को खेलमा मेक्सिकोले साउदी अरबलाई २-१ गोलले हराएपनि अगाडि बढ्न सकेन। पहिलो खेलमा अर्जेन्टिनालाई स्तब्ध बनाएको साउदी अरब लगातार दोस्रो हार ब्यहोर्दै समूहगत चरणमा सिमित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.