प्रथम भद्रपुर गोल्डकप -२०७९ को तयारी पूरा, पहिलो खेलमा भद्रपुर ब्लेजर्स र जयगाउँ एफसी भिड्ने

A notice in Nepali from Mechinagar Ward No. 10

६ फागुन, मेचीनगर:  प्रथम भद्रपुर झापा गोल्ड कप – २०७९ को तयारी पूरा भएको छ।
बिगत १८ बर्ष यता राष्ट्रिय स्तरको कुनैपनि फुटबल प्रतियोगिता हुन नसकेको यस मेची रंगशाला भद्रपुरमा फागुन ७ गतेदेखि १६ गतेसम्म अन्तराष्ट्रिय स्तरको “मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९” सञ्चालन गर्ने तयारी पूरा भएको छ। अहिले प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति, अस्थायी बाँसको प्यारापिट निर्माण, स्थायी प्यारपिट र भवनको रंगरोगन कार्य सम्पन्न भएको आयोजकले जनाएको छ ।

केहि दिन अघिमात्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र आयोजक अध्यक्ष दिपेश ढकालले संयुक्त रुपमा खेल तालिका सार्वजनिक गरेका थिए । प्रतियोगितामा सहभागी १० मध्ये ६ वटा ए डिभिजन क्लब रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेल फागुन ७ गते आइतबार भद्रपुर ब्लेजर्स र भारतको जयगाउँ एफसी बीच तय भएको छ।दोस्रो खेल फागुन ८ गते नेपाल पुलिस क्लबविरुद्ध चर्च ब्वाइज युनाइटेडले खेल्नेछ ।

पछिल्लो ए डिभिजन लिगमा पुलिस ११ औँ स्थान र चर्च ब्वाइज नवप्रवेशी टिम हो । भद्रपुर झापा गोल्ड कपको तेस्रो खेल फागुन ९ गते पहिलो खेलको विजेतासँग संकटा क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा संकटा सातौँँ स्थानमा रहेको टोली हो ।
चौथो खेल फागुन १० गते दोस्रो दिनको विजेतासँग लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले खेल्नेछ ।

प्रतियोगिताको पाँचौँ खेल फागुन ११ गते त्रिभुवन आर्मी फुटबल क्लबका । भुटानको ड्रुक ल्हायुल फुटबल क्लबबीच हुनेछ ।
भद्रपुर झापा गोल्ड कपमा छैटौँ खेल फागुन १२ गते एपिएफ फुटबल क्लबले बंगलादेश ढाकाको काउवार्न बजार प्रगति संघ एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ स्थानको टोली हो ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १३ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन १४ गते हुनेछ । भद्रपुर झापा गोल्ड कपको फाइनल खेल फागुन १६ गते मंगलबार हुनेछ । भद्रपुरमा प्रतिस्पर्धा गर्ने ४ ए डिभिजन टोली मछिन्द्र, पुलिस, आर्मी र चर्च ब्वाइज फागुन ११ गते देखि एन्फा कम्प्लेक्समा सुरु हुने केपी ओली कप फुटबल प्रतियोगितामा पनि सहभागी छन् ।

रंगशालामा खेल हेर्नका लागि करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट पनि निर्माण गरिएको गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताए। मोफसलमा सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापाको पुरानो मेची रंगशालालाई पुनर्जीवन दिन गोल्डकप आयोजना गर्न लागिएको बताए। उनले जिल्लालाई फुटबलको हबको रुपमा विकास गराउन “मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९” आयोजना गरिएको जानकारी दिए ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । गोल्ड कपको संरक्षकको रुपमा रहेको भद्रपुर नगरपालिकाले प्रतियोगिताका लागि ३० लाख रुपैयाँ उपलब्ध गराएको छ । त्यस्तै अन्य दाताहरुले पनि प्रतियोगिताका लागि ५ हजारदेखि १३ लाखसम्म बढीसम्म सहयोग गर्ने प्रतिबद्धता जनाइ सकेका छन् ।

झापाको खेलकुद क्षेत्रमा एउटा इतिहास बोकेको मेची रंगशाला विगत डेढ दशक अघिदेखि ओझेलमा पर्दै आएको थियो । त्यसलाई पुर्नजिवित बनाउन नगरपालिका लागेको नगर प्रमुख गणेश पोखरेल बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.