मिलन क्रिकेट क्लब काँकरभिट्टा प्रदेश नम्बर १ च्याम्पियन

शील्ड, ट्रफी र प्रमाण पत्र प्रदान

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, ३ चैत | झापाको मेचीनगरमा सम्पन्न प्रथम उपमेयर कप टि ट्वाइन्टी महिला क्रिकेट प्रतियोगिता २०७७ को विजेता तथा उपविजेता टिमलाई मंगलबार शील्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ।

स्थानीय अरुणोदय माध्यमिक विद्यालयमा आयोजित शील्ड ट्रफी र प्रमाण पत्र वितरण कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले प्रतियोगिताको विजेता मिलन क्रिकेट क्लब काँकरभिट्टा प्रदेश नम्बर १ र उपविजेता सुदूरपश्चिम प्रदेश महिला क्रिकेट टिमलाई विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले शील्ड, ट्रफी र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । यसैगरी, उत्कृष्ट व्याट्सम्यानको उपाधि विजयी टिमका रुविना क्षेत्रीले जित्नुभयो । उहाँलाई नगद ५ हजार रुपैयाँसहित प्रमाण पत्र, उत्कृष्ट बलर एलिसा खडियालाई नगद ५ हजार रुपैयाँ र प्रमाण पत्र,प्लेयर अफ द सिरिज विजयी टिमका रुविना क्षेत्रीलाई नगद १० हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरियो ।

मेचीनगर नगरपालिकाको संयोजन तथा मिलन क्रिकेट क्लब काँकरभिट्टाले प्रतियोगिता आयोजना गरेको थियो । आयोजक संस्थाका अध्यक्ष वीरु श्रेष्ठको सभापतित्वमा भएको शील्ड वितरण समारोहमा बोल्दैं प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आफ्नै नगरभित्र राष्ट्रिय तथा अन्तरािष्ट्रय क्षेत्रमै खेलकुदका माध्यमबाट यो नगरलाई चिनाउने खेलाडी भएपनि खेलकुद र खेलाडीका लागि नगर सरकारले जति गर्नुपर्ने हो त्यो गर्न नसकेको भन्दैं आगामी दिनमा खेलकुद र खेलाडीको क्षमता र विकासमा नगरपालिका लाग्ने बताउनुभयो । उहाँले संघीय सरकारले समेत खेलाडीको आत्मबल उच्च हुने खालको र जुनसुकै विधाका खेलकुदको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रमुख उप्रेतीले स्थानीय सरकार खेलकुदक्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको खेलको विकास र प्रवद्र्घनमा स्थानीय सरकार लागेका बताउनुभयो । आगामी दिनमा यस्ता प्रतियोगिता सम्पन्न गर्न नगरपालिका सक्रियरुपमा लाग्ने र खेलाडीहरुको मनोवल उच्च बनाउन नगरपालिका दत्तचित्त भएर लाग्ने बताउनुभयो । उहाँले अब जुनसुकै महिला विधाका खेलकु प्रतियोगितालाई उच्च प्राथमितामा राखेर नीति र कार्यक्रममा प्रस्तुत गर्ने उहाँको भनाई थियो । मेचीनगर खेलकुद विकास समितिका संयोजक एवम् मेचीनगर वडानम्बर ४ का वडाध्यक्ष नवीन वराल अरुणोदय माविका प्रधानध्यापक दुर्गाबहादुर लुईटेललगायतले शुभकामना व्यक्त गदैं विभिन्न विधाका विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो ।

काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा ५ वटै खेलमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल प्रदेश नम्बर १ ले विजयी हासील गरेको थियो । सोहि अवसरमा अरुणोदय माविले दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल खेलाडीलाई सम्मान गर्न छुटेका ५ जना खेलाडीलाई नगदसहित सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.