त्रिकोणात्मक सिरिजको लागि ३२ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा

काठमाडाैं , माघ २६ ।ओमानमा हुने विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजको लागि नेपाली टाेलीले अभ्यास थालेकाे छ । नेपालले मार्च १९ देखि २८ (चैत ६ देखि १५) सम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ ।

साे सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३२ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

पहिलाे चरणमा २१ जना खेलाडीलाई मुख्य प्रशिक्षक डेभ वाटमोरले शनिबारदेखि प्रशिक्षण गराईरहनु भएकाे छ ।

जसअनुसार पहिलो चरणको प्रशिक्षण क्याम्पमा पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आशिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित नारायण राजवंशी, हरि शंकर शाह, विवेक यादव, रामनरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खडक बहादुर बोहरा, अनुज चुनारा र पवन सरार्फ सहभागी हुनेछन् ।

केही समयपछि शरद भेषावकर, अभिनास बोहरा, आरिफ शेख, दीपेन्द्र ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल पनि क्याम्पमा सहभागी हुनेछन् ।

क्यानले बाेलाएका ३२ खेलाडीमध्याे ५ नयाँ खेलाडीले टाेलीमा पहिलाे पटक ठाउँ पाएका छन् । ४ खेडालीले टोलीमा पुनरागमन गरेका छन् । अर्जुन, अनुज चुनारा, विवेक, हरि शंकर र खड्कबहादुर पहिलो पटक टोलीमा परेका हुन् । पृथु, सुनिल, कृष्ण र सौरभले टोलीमा पुनरागमन गरेका हुन् ।

आइसिसी वल्र्ड कप सुपर लिग -२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ ।

Exit mobile version