देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव

A notice in Nepali from Mechinagar Ward No. 10

१३ कार्तिक, काठमाडौँ : देशका विभिन्न भागमा हाल पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको आंशिक प्रभावका कारण मौसम बदली रहँदै वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायु सक्रिय रहँदा अरब सागरमा बनेको न्यून चापीय प्रणालीले पनि वायुमण्डलीय गतिविधि बढाएको छ । यसको प्रभावस्वरूप आज दिउँसोदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहि वर्षा हुने सम्भावना छ ।

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ भने गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही भागमा वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ । विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका कतिपय क्षेत्रमा मध्यमदेखि भारी हिमपात समेत हुनसक्ने भएकाले ती क्षेत्रका स्थानीय बासिन्दा, यात्रु तथा किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाले हिमपात र वर्षाको कारण सडक यातायात, हवाई उडान र कृषिमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । साथै, विशेषगरी कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रहरूमा आकस्मिक वर्षाको कारण चिसो र कुहिरो बढ्ने सम्भावना रहेकाले जनस्वास्थ्यमा समेत ध्यान दिन सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.