मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा दिनानाथ लम्साल आउने हुनु भएको छ । सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवाका आधारमा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र कुमार खाम्याहाङ झापाको अर्जुनधारा नगरपालिकामा सरुवा हुनु भएको छ भने मेचीनगरमा माइ नगरपालिका इलाममा कार्यरत लम्साल आउने हुनु भएको हो ।
झापा भद्रपुर निवासी लम्साल जिल्ला प्रसाशन कार्यालय झापामा करिब १८ बर्ष कार्यरत रहनु भएको थियो भने दुइ बर्ष अध्यागमन कार्यालय काकरभिट्टाको प्रमुख समेत भएर कार्य गर्नु भएको थियो । यही हप्ता भित्र आफ्नो कार्यभार सम्हाल्न मेचीनगर आउने लम्सालले सेतोपत्रलाई बताउनु भयो ।
त्यसैगरी बिर्तामोड नगरपालिकामा प्रदेश मुख्यमन्त्री कार्यालयमा कार्यरत गणेश दाहाल प्रमुख प्रशासकीय अधिकृत भएर आउने हुनु भएको छ । बिर्तामोडका प्रमुख प्रसाशकीय अधिकृत रहनु भएका पशुपति खतिवडा उमेरहदका कारण भदौ १६ गते सेवा निबृत्त हुनु भएको थियो ।
त्यस्तै झापा गौरादह नगरपालिकाका खेमराज ओझाको पनि सरुवा भएको छ । ओझालाई मोरङ रतुवामाई नगरपालिकामा सरुवा गरिएको छ भने रतुवामाइका राजेन्द्र भट्टराई गौरादहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउने हुनु भएको छ ।