Monday, June 21, 2021
- बिज्ञापन -
गृह स्थानीय समाचारमन्त्री कार्की द्वारा नहरको शिलान्यास ः स्थानीय कृषकहरु खुसी

मन्त्री कार्की द्वारा नहरको शिलान्यास ः स्थानीय कृषकहरु खुसी

मेचीनगर । झापाको मेचीनगर ७, सतिघट्टामा आज एक कार्यक्रम बीच प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिकमत कार्कीले प्रदेश सरकारको लगानीमा निर्माण हुने पालिय पूर्व सिचाईं योजनाको शिलान्यास गर्नु भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश १ तथा जलश्रोत तथा सिंचाई विकास डिभिजन झापा अन्तर्गत सञ्चालन हुने आयोजनाको मन्त्री कार्कीले शिलान्यास गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले ४०० बिघा जमिनलाई उपयोग गर्न पुग्ने गरी निर्माण हुने आयोजनाले यहाँका किसानले बर्षमा ३ पटक नगदे बालि उब्जाउन सक्ने हुँदा जीवनस्तर माथि उठ्न मद्धत पुग्ने विश्वास ब्यक्त गर्नु भयो । प्रदेश सांसद श्रीप्रसाद मैनालीले यहाँका जनतालाई विकास निर्माणको अनुभूति गराउने गरी प्रदेश सरकारले योजना दिएको बताउँदै केही समय अघिबाट निर्माण सुरु भएको पालिया पुल र अब सम्पन्न हुने सिंचाई आयोजनाले सो कुराको पुष्टि गरेको बताउनु भयो ।


सांसद मैनालीका अनुसार मेचीनगर–७, स्थित काँकरभिट्टा–सत्तिघट्टा, गोमनसरी जोड्ने सडक खण्ड समेत अबको २ बर्ष भित्रमा कालो पत्र गर्ने कार्यमा प्रदेश सरकार समक्ष ४ करोड सम्मको बजेट छुट्याउन आवश्यक पहल भईरहेको बताउनु भयो ।
अर्का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले जनताको जीवनस्तरसंग जोडिएका यस्ता आयोजना सम्पन्न गर्न प्रदेश सरकारकोतर्फबाट बजेटको कमी हुन नदिन यथोचित पहल गरिने बताउनु भयो ।
संविधान सभा सदस्य रबिन कोइरालाले किसानको मेरुदण्डको रुपमा रहेको सिंचाई आयोजना निर्माणहुनु किसानका लागि ठुलो चाड र उत्सवको रुपमा रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला सिंचाई कार्यालय झापाका डिभिजन इन्जिनियर कृष्णप्रसाद राजवंशी, वडा नं ७ का वडा अध्यक्ष चन्दन मेचे, नेपाली कांग्रेस नगर उप–सभापति सुरेन्द्र बुढाथोकी लगायतले आफ्नो धारण राख्नु भयो ।


कार्यक्रमा स्वागत मन्तव्य राख्दै पालिया पूर्व सिचाइ योजनाका सचिव एवं अरनिको प्रा.वि.का पूर्व प्रधानाध्यापक निर्मलकुमार खत्रीले यो शिलान्यास किसानका लागि आउँदै गरेको महान चाड दशैं र तिहार भन्दा पनि महत्वको भएको बताउनु भयो । सो कार्यक्रममा सिचाईं निर्माणका ठेक्कादार कम्पनी देव एण्ड सायर कन्सट्रक्सन प्रा.लि.का तर्फबाट गणेश चौहानले कुनै दैवी प्रकोप, अवरोध नभए र प्रदेशले समयमै बजेट निकासा गरे सम्झौंता भन्दा अगावै नहर सम्पन्न गर्ने बताए । प्रदेश १ सरकारको लगभग रु. ५ करोड ६९ लाखको लागतमा बन्ने यो नहर आगामी २०७९ साल असार मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शिलान्यास कार्यक्रमा नेपाली काँग्रेस झापाका जिल्ला कोषध्यक्ष केशव राज पाण्डे, नेकपा एमाले मेचीनगर अध्यक्ष माधवलाल अर्याल, नगर इन्चार्ज देवकुमार राई, कार्यक्रमा मेचीनगर वार्ड नं. ७ का अध्यक्ष चन्दन मेचे तथा सदस्यहरु रुपा गुरुङ्ग, तिलक खड्का, नेत्रप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो । नहरको निर्माण पश्चात पालिया पूर्वका करिव ४०० घर धुरी किसानहरु प्रत्यक्ष लाभान्वीत हुनेछन् भने सतिघट्टा चिया बगानले समेत यसको उपयोग गर्ने छ । निर्माण समितिका अध्यक्ष चन्द्र प्रसाईंको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन पुष्प प्रसाद पौंडेलले गर्नुभएको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु