अरुणाेदय आवासीय मा.वि. र चेपाङ्ग परिवार वीचकाे जग्गा विवाद सहमतिमा टुङ्गियाे

मेराेमेचीनगर डेष्क |
झापा मेचीनगर ६ काकरभिट्टा स्थीत अरुणोदय मावि र सोही माविको नाममा रहेको जग्गामा बसोबास गर्ने चेपाङ परिवार बीच लामो समयदेखि चलिआएको विवाद मिलेको छ ।

बिद्यालयको नाममा रहेको जग्गामा चेपाङ परिवारले बनाएको घर हटाउने बिषयको करीब एक दशक देखि चल्दै आएको बिवादको अन्तत सुखद अन्त्य भएको छ । अरुणोदय माविको नाममा रहेको जम्मा ७ कठ्ठा १० धुर जग्गा मध्ये पुर्व पट्टिको कित्ता नम्बर १२२१ को ३ कठ्ठा जग्गाको पुर्वको मुखमा पर्ने गरी दुई धुर जग्गामा चेपाङ परिवारले घर बनाएर बसोबास गरिरहेको थियो ।

बिद्यालयको नाममा रहेको जग्गामा बनेको घर हटाउने र बिद्यालयले चेपाङ परिवारलाई अन्यत्र बसोबासका लागि रकम उपलब्ध गराउने सहमति भएसंगै लामो समयदेखि चलेको बिवाद अन्त्य भएको हो ।

मेचीनगर नगरपालिका वडा नंं. ६ का वडा अध्यक्ष ललितबहादुर तामाङको रोहबर तथा स्थानीय सामाजिक अगुवा डिल्लीराम घिमिरेको सक्रियतामा सोमबार बिद्यालय र चेपाङ परिवार बीच लिखित सहमति भएपछि बिवाद पूर्ण रुपमा समाधान भएको छ । चेपाङ परिवारले बिद्यालयको नाममा रहेको जग्गामा बनाएको घर हटाउने र अरुणोदय माविले चेपाङ परिवारलाई ७ लाख ७५ हजार रकम उपलब्ध गराउने दुवै पक्ष बीच सहमति भएको बिद्यालयका अध्यक्ष भगिरथ राईले मेराेमेचीनगर लाई बताउनु भयो ।

दुवै पक्ष बीच सोमबार भएको सहमति पत्रमा स्थानीय अगुवाहरु डिल्लीराम घिमिरे, राजु कार्की, सुरेन्द्र बुढाथोकी र बीरबहादुर श्रेष्ठले साक्षीको रुपमा हस्ताक्षर गर्नु भएको छ । सहमति अनुसार ७ लाख ५० हजार रकम बिद्यालयको जग्गाबाट घर हटाउनका लागि र २५ हजार चेपाङ परिवारले घर बनाउने समयसम्म डेरा भाडा तिर्नका लागि भनेर जम्मा ७ लाख ७५ हजार रकम बिद्यालयले चेपाङ परिवारलाई उपलब्ध गराएको छ ।

सहमति पछि तत्कालै बिद्यालयका तर्फबाट चेपाङ परिवारलाई सहमति अनुसारको रकम बिद्यालयले उपलब्ध गराइसकेको र चेपाङ परिवारले समेत बिद्यालयको नाममा रहेको जग्गामा बनेको घर हटाएर अन्यत्र सरिसकेको बिद्यालयका अध्यक्ष राइले बताउनु भयो ।

बिद्यालय स्थापना हुनु भन्दा पहिलेदेखि नै आफुले उक्त जग्गामा बसोबास गरिरहेको भए पनि जग्गाको धनिपुर्जा भने आफनो नाममा नरहेकाले आफुले मागेको रकम बिद्यालयले दिए पछि आफु अन्यत्र बसोबास गर्न थालेको र घर समेत हटाएको तोयानाथ चेपाङले मेराेमेचीनगरलार्ई बताउनु भयो । मेराेमेचीनगरसंग कुराकानी गर्दै चेपाङले भन्नु भयो,‘१८ बर्षदेखि उक्त जग्गामा घर बनाएर बसेको थिए तर जग्गा आफ्नो नाममा थिएन र अहिले सहमतिमा नै आफुले मागेको रकम पाए पछि जग्गा खाली गरिदिएकोछु ।’ बिद्यालयले दिएको रकमबाट अन्यत्रै जग्गा किनेर घर बनाएर बस्ने चेपाङले बताउनु भयो ।

२०६६ सालदेखि उक्त स्थानमा अरुणोदय मावि सञ्चालनमा आउँदा बिद्यालयको मुल गेटको दक्षिणतर्फ चेपाङ परिवारको बसोबास रहेको थियो । बिद्यालय र चेपाङ परिवार बीच जग्गा स्वामित्वका बिषयका लामो समयदेखि चलेको बिवादलाई समाधान गराउन सबैको सहयोग रहेको भन्दै बिद्यालयका प्रधानअध्यापक दुर्गाबहादुर लुइटेलले सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.