काँकरभिट्टा | लकडाउन खुकुलो भएसँगै मानिसहरुको भीडभाड र आवगमन बढेंपछि नोवल कोरोना भाइरस कोभिड १९ सम्बन्धि सचेतनामुलक र्याली मेचीनगरमा सम्पन्न गरिएको छ । कोभिड १९ संक्रमण फैलिने भन्दैं आइतवार नगरको काँकरभिट्टा र इटाभट्टामा सचेतनामुलक र्याली सम्पन्न गरिएको छ ।
‘हर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुख्यः नारासहित समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नगरका विभिन्न २२ वटा संघ संस्थाको सहकार्यमा नोवल कोरोना भाइरस कोभिड १९को रोकथामको लागि सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । काँकरभिट्टा बसपार्क तथा इटाभट्टाको बाहुनडाँगी रोड, ज्यामिरगढी रोडको परिक्रमाहित र्यालीमा सहभागीहरुले सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरेका थिए ।
सर्वसाधारणमा नोवल कोरोना भाइरस कोभिड १९ संक्रमण फैलिन नदिन तथा यसको संक्रमणबाट बच्न गर्नुपर्ने पूर्व तयारीका बारेमा जानकारी दिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
लकडाउन खुकुलो भएसँगै तथा चाडपर्व नजिकिाएसँगै मानिसहरुको भीडभाड र आवगमन बढने अवस्था एकतिर देखिएको र अर्कातर्फ कोभिड १९ को संक्रमितहरुको संख्या दैनिक बढेको र यसको संक्रमणबाट दैनिक नगरमा मानिसको मृत्यु हुन थालेपछि समाजमा कोभिड १९ ले पुर्याउने क्षतिलाई न्यूनिकरण गर्नुपर्छ यसलाई लापरवाही गर्नुहुदैंन हरेकले दैनिक कार्य पनि गर्नुपर्छ तर सजक पनि हुनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक पोखरेलले जानकारी दिनुभयो ।
र्यालीमा सहभागीहरुले सर्वसाधारणलाई मास्क प्रयोग गर्न अनुरोध गदैं निःशुल्क मास्क वितरण गरेको सहकार्य गरेको रोट्रयाक क्लब इटाभट्टाका संस्थापक अध्यक्ष इञ्जिनियर विवेक श्रेष्ठले बताउनुभयो । र्यालीको समापनका क्रममा बोल्दैं इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद पोखरेलले कोभिड १९ को संक्रमण तथा समाजमा हुने विकृति तथा विसंगति रोक्न हरेक समुदाय लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो गाउँ ठाउँमा कहि कतै आपराधिक गतिविधि भए तत्काल प्रहरीलाई खवर गर्न आग्रह गदैं तिहार छठलगायतका पर्वमा पटका प्रयोग नगर्न अनुरोध समेत गर्नुभयो ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बुधबारसम्ममा नगरभरि कोभिड १९ को संक्रमितको संख्या २ सय ७१ डिस्चार्ज हुनेको संख्या २ सय ४० तथा आइसोलेसनमा रहेका छन् । मेचीनगरमा कोभिड १९ कै कारण कुल ५ जनाको मृत्य भइसकेको छ । स्वास्थ्य संयोजक राईका अनुसार मेची प्रादेशिक अस्पताल भद्रपुर तथा नोवल मेडिकल कलेज र विराट मेडिकल कलेज विराटनगरमा १÷१ जना तथा होम आइसोलेसनमा २८ गरी सक्रिय संक्रमितहरुको कुल संख्या ३१ रहेको शाखा संयोजक शशीकला राईको भनाई छ ।
कार्यक्रममा मेची उद्योग बाणिज्य संघ मेचीनगर, माइती नेपाल, मेचीनगर होटल व्यवसायी संघ, जागृत बाल उद्घार केन्द्र, मेचीनगर लेडी जेसिज, काँकरभिट्टा खानेपानी संस्था, विश्व सेवा विस्तार, आफन्त नेपाल, साना हातहरु नेपाल, काँकरभिट्टा सोसाईटि, रोटरी क्लब अफ काँकरभिट्टा, रोट्रयाक्ट क्लब अफ इटाभट्टा म्युन्सिपल, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष, नेपाल बहुउद्घेश्यीय सहकारी संस्था, मेची मासु सहकारी संस्था, महिला जनचेतना केन्द्र, नेपाल स्काउट काँकरभिट्टा, होप फर एनिमल नेपाल , ट्राभल संघ झापालगायतका संघ संस्थाले सहकार्य गरेका थिए ।