लाल–भागिरथा प्रतिष्ठानद्वारा साहित्यकार , कृषक र गृहिणी पुरस्कृत

झापा, २० मङ्सिर ।लाल–भागिरथा प्रतिष्ठानले आज एक समारोहबीच साहित्यकार मित्रप्रसाद दाहाल, अग्र्यानिक कृषिका अभियन्ता डिल्ली खतिवडा र कुशल गृहिणी आमा यशोदा बराललाई पुरस्कृत गरेको छ ।

प्रतिष्ठानको कार्यालय रहेको मेचीनगर–११ बानियँ गाउँमा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रमुख अतिथि प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीले तीनै जना प्रतिभालाई जनही ३१ हजार रुपैयाँको नगद पुरस्कार, दोसल्ला र सम्मानपत्र प्रदान गर्दै समाजमा योगदान पुर्याउने असल प्रतिभालाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे ।
उनले आफू पनि किसानको छोरो भएको र यो कार्यक्रम सकेर कुटो कोदालो बोकेर खेतीमा जानु पर्ने काम भएको जनाउँदै मुलुकमा व्यवस्था नयाँ आए पनि कर्मचारीको काम गर्ने प्रवृत्ति पुरानै भएकोले आम जनताले परिवर्तनको अनुभूति गर्न नपाएको धारणा व्यक्त गरे ।

यी हुन् पुरस्कृत प्रतिभाहरु

कनकाई निवासी साहित्यकार मित्रप्रसाद दाहालले ४ वटा महाकाब्यसहित दर्जन बढी बहुविधाका कृति प्रकाशित गरिसकेका छन् ।
अर्जुनधारा निवासी पुरस्कृत गृहिणी यशोदा बरालले २०३० सालमा पञ्चायती सरकारद्वारा हात्ती लगाएर घर भत्काउन लगाएपछि आफ्नै बलबुता र मिहेनतबाट छोराछोरीलाई उच्च शिक्षा, सामाजिक सेवा र निमुखाका लागि न्याय दिलाउन साहसिक योगदान गरेकी थिइन् ।
त्यैगरी मेचीनगर निवासी पुरस्कृत कृषक डिल्ली खतिवडाले हाल ७ कठ्ठा जग्गामा फोहोरबाट मल बनाउने डिकम्पोजर प्रविधिबाट अग्र्यानिक मल र अग्र्यानिक औषधि उत्पादनसहित तरकारी खेती गरिरहेका छन् ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरि राना, नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, वरिष्ठ साहित्यकार तेजराज खतिवडा (तेराख), प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, पूर्व प्रधानाध्यापक हरिनारायण भट्टराई, मेचीनगर ११ का वडाध्यक्ष सन्तोष मेचे र पुरस्कृत साहित्यकार मित्रप्रसाद दाहालले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष प्रेमप्रसाद बानियाँले स्वागत मन्तब्य राखेको सो कार्यक्रममा गत वर्ष पहिलोपल्ट पुरस्कृत कृषक एवम् राजनीतिक योद्धा भीम कुँवर र दिपीका बानियाँले कविता बाचन गरेका थिए । कार्यक्रमको उद्घोषण डम्बरबहादुर देउजाले गरेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.