Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह स्थानीय समाचार

सेवा निवृत्त हुनुभएका ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मीको विदाई

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 9, 2020
  • 3:29 PM
  • No Comments
भित्र स्थानीय समाचार
214 2
A A
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २४ भदौ | ‘अबको केही घण्टापछि मेरो काँधमा यो दुईवटा ताराको दज्र्यानी चिन्हसहित यो प्रहरी पोशाक खोलेर म सामान्य नागरिक झै जीवन विताउने छु , तर हिजो जसरी यो बर्दी र बर्दीमाथिको दज्र्यानी चिन्ह लगाएर देश र जनताको सेवामा खटे वा राज्यले आफूलाई दिइएको जिम्मेवारी पुरा गरे । आज विना वर्दीकै नागरिक भएपनि देश र जनताप्रतिको आफ्नो कर्तव्य कहिल्यै भुल्ने छैन् ।’

अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाबाट सेवा निवृत्त हुनुभएका ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले यसो भनिरहदा सहभागी सवैले कर्कल तालीको ध्वनीले उनको भनाईको समर्थन गरे । यसपछि उनको गला अवरुद्घ बन्यो । फेरी भने—‘तपाईहरुलाई कहि कतै कुनै सुरक्षा र ट्राफिक व्यवस्थापनदेखि सवारी दुर्घटना न्यूनिकरणमा समस्या परे मेरो निजी नम्बरमा सम्पर्क गर्नुहोला त सहयोगका लागि तत्कालकालागि आउने छु र सहयोग गर्नेछु ।’१९ वर्षको उमेरबाट नेपाल प्रहरीमा जागीर शुरु गरेका रेग्मी ३० वर्षे सेवाबाट निवृत्त भएका हुन ् ।

बुधबार मेचीनगरबाट रेग्मीको भव्य विदाई नव आगन्तुक ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण प्रधानलाई स्वागत गरिएको छ । एकता टोल विकास संस्था मेचीनगर—६ काँकरभिट्टाले आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा सेवा निवृत्त ट्राफिक प्रहरी नायव निरीक्षक रेग्मी जति जति बोल्दै जान्थे उति उति गडगडावट तालीले उनको समर्थन हुन्थ्यो ।

२०४७ साल भदौ २४ गतेबाट प्रहरी सेवामा प्रवेश गरेकासेवा निवृत्त ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले २०७५ साल चैत २७ गतेबाट अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाको कमाण्ड सम्हालेका थिए । पोष्टको नेतृत्व गरिरहेका वखत ट्राफिक व्यवस्थान चुस्तदुरुस्त, सवारी दुघर्टना न्यूनिकरण सवारी नियम उल्लंघन गर्ने सवारी साधनको संख्यामा कमि ल्याउन महत्वपुर्ण चेतनामुलक कार्यक्रम गरेको भन्दैं रेग्मीको वक्ताहरुले प्रशंसा गरेका थिए । आफ्नो जिम्मेवारीलाई गहन ढंगबाट सम्पादन गरेको भन्दै उनलाई पुरस्कृत र सम्मानित गरिएको संस्थाले जनाएको छ । सहभागी वक्ताहरुले नव आगन्तुक ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण प्रधानलाई स्वागत गदैं रेग्मीले गदैं गरेका अधुरा कार्यलाई पुरा गर्ने कुरामा आफुहरु ढुक्क रहेको विश्वास व्यक्त गरेका थिए । टोल विकास संस्था र सम्पूर्ण मेचीनगरवासीकातर्फबाट खादा अविर टिकासहित मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष सचित तामाङको सभापतित्व र मेचीनगर नगरपालिकाका ६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाले संयुक्तरुपमा रेग्मीलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरेका थिए ।

रेग्मीले काँकरभिट्टा बसपार्क व्यवस्थापन तथा स्थानीयवसाीहरुसँग मिलेर नगरका विभिन्न ठाउँको सरसफाई समेत गरी नगरलाई हराभरा बनाउन महत्वपुर्ण योगदान गरेको भन्दैं प्रमुख अतिथि मेचीनगर नगरपालिकाका ६ नम्बर वडाका वडाध्यक्ष तामाङले उनी जहाँ गएपनि उहाँको योगदान मेचीनगरवासीले सधै समरण गरिरहने बताए ।सेवा निवृत्त ट्राफिक प्रहरी नायव निरीक्षक रेग्मीले आफु नेपाल प्रहरीको सेवाबाट रिटायर्ड भएपनि मेचीनगरवासीले आफुप्रति देखाएको सहयोग सदभाव र स्नेह कहिल्यै नविर्सने बताए ।

सवारी दुर्घटनालाई न्यूनिकरण गर्न ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान काँकरभिट्टाक्षेत्रबाट शुरु गरेका रेग्मीले अन्यक्षेत्रमा समेत निक्कै उपलब्धि काम गरेको वडाध्यक्ष तामाङले बताए । मेचीनगर क्षेत्रकोे फुटपाथ व्यवस्थापन, टेम्पो तथा रिक्साको व्यवस्थापन, सरसफाई तथा रक्तदानका साथै सामाजिक काममा समेत ट्राफिक प्रहरीलाई अग्रसर गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्न रेग्मीको जति प्रशंसा गरे पनि कम हुने संस्थाका अध्यक्ष सजित तामाङले बताए । कार्यक्रममा नव आगन्तुक ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण प्रधानले आफु सधै नगरवासीको साथ सहयोग लिएर अघि बढ्ने बताए । उनले रेग्मीले आफ्ना कार्यकालमा गर्न बाकी रहेका सधै अधूरा कामलाई पुरा गर्ने प्रतिवद्घता व्यक्त गरेका थिए । उनी १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीबाट आएका हुन् ।

 

Share40Tweet25SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

बिर्तामोड नगरपालिको सडक उच्चस्तरीय बन्ने
अर्थ / वाणिज्य

बिर्तामोड नगरपालिकामा जग्गा कित्ताकाट खुल्यो

March 27, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पौडेल, सचिवमा राई
कोशी प्रदेश

मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पौडेल, सचिवमा राई

March 21, 2023
तेस्रो इण्डो-नेपाल भेट्रान फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई
कोशी प्रदेश

तेस्रो इण्डो-नेपाल भेट्रान फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई

March 20, 2023
अध्यक्षमा पत्रकार पौडेल र तामाङ्ग बीच प्रतिस्पर्धा :  तामाङ्ग  काँग्रेसको आधिकारिक उम्मेदवार
कोशी प्रदेश

अध्यक्षमा पत्रकार पौडेल र तामाङ्ग बीच प्रतिस्पर्धा : तामाङ्ग काँग्रेसको आधिकारिक उम्मेदवार

March 20, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

पूर्वीनाकाबाट चिया निकासीमा ५० प्रतिशतले कमि

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In