झापामा पहिलो पटक वृहत साइक्लिङ च्यालेञ्ज प्रगियोगिता हुने

A notice in Nepali from Mechinagar Ward No. 10

विर्तामोड । झापामा पहिलो पटक साइक्लिङ प्रतियोता हुने भएको छ ।

जेनियम युवा क्लव धुलाबारीको आयोजनामा आगामी फागुन १५ गते जेनियम साइक्लिङ च्यालेञ्ज २०२१ प्रतियोगिता हुने भएको हो ।

साईकल चलाउ, स्वस्थ रहौं, पर्यावरण जोगाऔं, आन्तरिक पर्यटन प्रर्वधन गरौं भन्ने नारका साथ मेचीनगर स्थित धुलाबारीबाट शान्तिनगर, बहुँवन, तेलपानी, बौद्धमोड, बाहुँनडाँगी, काँकरभिट्टा, इँटाभट्टा हुदैं पुनः धुलाबारीमा आएर प्रतियोगिता टुङेगिने छ । साविक मेची अञ्चल भित्रका साईकल दौड प्रतियोगीहरु मात्र सहभागी जनाउन सक्ने छन् । प्रतियोगिताका लागि करिव २ सय जनाले सहभागी जनाउने आयोजकले अपेक्षा गरेको छ ।

४० किलो मिटर यात्रा तय हुने खुल्ला साइक्लिङ प्रतियोतिमा महिला–पुरुष लगायत सबैले भाग लिन सक्ने छन् । प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, दोस्रोलाई ३० हजार, तेस्रो प्रतियोगिालाई २० हजार नगर र ट्रफी र प्रमाण पत्र प्रदान गरिने सोमबार विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक क्लवका अध्यक्ष धनराज थापाले बताएका छन् ।

प्रतियोगितामा भागलिने मध्येबाट चौंथो हुनेलाई ३ हजार, पाचौंलाई २ हजार, छैठौं देखि दशौं सम्मका प्रतियोगिहरुलाई नगद जनही १ हजार ट्रफी र प्रमाण पत्र प्रदान गरिने बताईको छ ।
निशुल्क आवेदन दिन सकिने प्रतियोगितामा सहभागी जनाले अनिवार्य हेलमेट, सनग्लास, स्पोट सुज, साईक्लिङ ड्रेस लगाउनु पर्ने छ भने साईकल प्रतियोगी आफैले व्यवस्था गर्नु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतियोगिताको लागि ५ लाख ९ हजार खर्च अनुमान गरिएको छ । कार्यक्रम सम्पन्न गर्नको लागि मेचीनगर नगरपालिका वडा नं. ९ र १० मुख्य प्रायोजक रहने पक्का भएको क्लवका कोषाध्यक्ष सञ्जय खड्काले बताए ।

देश र समाजका लागि केही योगदान दिन सकूँ भन्ने मनसमय बोकेका झापा धुलाबारीका युवाहरु संगठित भई वि. सं. २०५९ सालमा जेनियम युवा क्लव गठन भएको हो । नेपाली खेलकुद, नेपाली संस्कृति, गीत–संगीतको संरक्षण एवम् सम्बद्र्धन गर्ने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने एवम् जलवायु परिवर्तनका असरहरुबाट जोगाउँदै पर्यापर्यटनको संरक्षण गर्ने उद्देश्य राखी स्थापना गरिएकोे क्लवले स्थापनाकालदेखि नै आफ्नो क्रियाशिलता देखाउँदै आएको भए पनि यसले गत वर्षदेखि मात्र जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भई वैधानिकता प्राप्त गरेको थियो । त्यसयता क्लवले विभिन्न कार्यक्रम गर्दै आएको सचिव रोजेश प्रयाईले जानकारी दिए । कार्यक्रमको संचालन बुद्ध तामाङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.