Tuesday, June 28, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह स्थानीय समाचार

‘बन्दुके साईला’ले पार्टी बनाए तर, आफुलाई बनाएनन्

व्यवस्था परिवर्तन भएपनि नेतामा कहिल्यै परिवर्तन नभएको ‘बन्दुके ’ को भनाई

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 13, 2020
  • 8:41 PM
  • No Comments
भित्र स्थानीय समाचार
0 0
A A
0
सेयर
34
हेरिएको
Share on FacebookShare on Twitter

अर्जुनधारा | राज्य व्यवस्था परिवर्तनका लागि यो मुलुकमा धेरै आन्दोलनहरु भए । यसैक्रममा धेरैले शाहदत प्राप्त गरे । थुप्रै अंगभंग भएर जीवनभर अपाङ शरीर लिएर अझैपनि बाँच्न बाँध्य छन् । कतिले प्रजातन्त्र पुनस्र्थापनाको संघर्षकालमा देशभित्र तथा निर्वासनमा अनेकौं कष्ट भोग्न बाँध्य भए ।

यस्तै परिवर्तनका लागि जीवनभर आफ्नो उर्वर उमेर पार्टी भनेर दीलोज्यान दिने थुप्रै नेता कार्यकर्ताहरु अहिले पनि निक्कै कष्टकर जीवन विताउन बाँध्य छन् । उनीहरुतर्फ न आफ्नै दलका नेता कार्यकर्ताको नजर पुगेको छ न राज्य कै ? यस्तै मध्येका एकजना पात्र हुनुहुन्छ धिरेन्द्रविक्रम चेम्जोङ ‘बन्दुके साहिला ’।

उहाँसँगैका थुप्रै समकक्षीहरुले पटक पटक सत्ताको बागडोर सम्हाले, धेरैजना मन्त्रीदेखि पार्टीकै नेतृत्वमा पुगे । तर,देश र जनताका लागि निरंकशु राज्य व्यवस्था परिवर्तनका लागि ज्यानको बाजी लगाएर शिरमा कात्रो बाधेर अहोरात्र प्रजातन्त्र प्राप्तिका लागि खट्ने धिरेन्द्रविक्रम चेम्जोङ ‘बन्दुके साहिला’ले देशमा थुप्रै व्यवस्थामा परिवर्तन आएपनि आफ्नो जीवनमा कहिल्यै परिवर्तनको अनुभव गर्न पाउनुभएको छैैन् । जन्मजात आफूलाई नेपाली काँग्रेसको योद्घा भन्न रुचाउने उहाँ २०१७ सालदेखि प्रजातन्त्र सेनानी स्वर्गीय भूविक्रम नेम्बाङको प्रेरणाले राजनीति यात्रामा प्रवेश गर्नुभयो ।

स्वर्गीय भूविक्रम नेम्बाङका हातबाट नेपाली काँग्रेसको साधारण सदस्यकोे प्रमाण पत्र प्राप्त गर्नुभएका ‘बन्दुके साहिला ’लाई सुवर्ण शमशेरका हातबाट पार्टीको क्रियाशील सदस्यको प्रमाण पत्र प्राप्त गरेको स्मरण ताजै छ । आजभन्दा ७५ वर्षअघि काँग्र्रेसको गढ मानिने पाचथर जिल्लाको तात्कालिन पौवासारताप —३ हाल फाल्गुनन्द गाउँपालिका—१ नम्बरमा जन्मिनु भएका उहाँ अहिले झापाका अर्जुनधारा नगरपालिका—१० चुथाईमा निक्कैे कष्टकर रुपमा जीवन विताइरहनु भएको छ । खिया लागिसकेको टिनले च्यापेको छानो, वरिपरी भाटा लगाएर माटोले लिपेको टाटी, अनि घरभित्र प्रवेश गर्न पनि समस्या हुने न पानी न घामबाट बच्न सकिने सानो झुपडीमा कान्छा छोरा विर्जाहाङ्ग चेम्जोङ बुहारीसहित ६ जनाको परिवारसँग उहाँ बस्दै आउनुभएको छ । कमाउने बेलाको उमेर सवै पार्टीका लागि सुम्पिने चेम्जोङ ‘बन्दुके साहिला’ को त्याग र लगानीले यो देशको धेरै राज्य व्यवस्था परिवर्तन गर्न सके पनि अहिले सम्म आफ्नै घरको खिया लागेको टिनको छानो र माटोेले लिपेको बाँसको भाटाको टाटीलाई परिवर्तन गर्न चाँहि उहाँले सक्नुभएको छैन् ।

पूर्व मन्त्रीहरु नरेन्द्रविक्रम नेम्वाङ, सुर्यमान गुरुङ, केवी गुरुङमात्र होइन पार्टीकोे शीर्षस्थ ठाउँमा पुगेका स्वर्गीय भूविक्रम नेम्बाङ, मच्छिन्द्र केरुङलगायतका नेपाली काँग्रेसका नेताहरु उहाँका समकक्षी हुुन् । तर,उहाँ कहिल्यै पार्टीको क्रियाशील सदस्यभन्दा माथि उक्लिन सक्नुभएन् । २०१७ सालकोे आन्दोेलनको क्रान्तिको सम्झाना उहाँमा आलै छ । लेखक कृष्णविक्रम नेम्वाङको ‘सत्र सालकोे क्रान्तिको सम्झना’ को दोस्रो संस्करणमा सत्र सालमा मेची अञ्चलमा सक्रिय सवै मुक्तियोद्घाका र तीसँग सम्बनिधत तस्बिरहर राख्ने क्रममा धिरेन्द्रविक्रम चेम्जोङ ‘बन्दुके साहिला’को समेत समावेश छ । उस्वेला उहाँको पार्टीप्रतिकोे लगानी, बल, तागत र जोश जागरदेखेर पार्टीले निक्कैे कठिन जिम्मेवारी दिइएको थियोे ।

पञ्चायती विरोधी आन्दोलनमा आवश्यक पर्ने हातहतियार उहाँले भारतलगायतका विभिन्न ठाउँबाट ल्याउनुहुुन्थयो । निक्कै अत्याधुनिक हातहतियार ओसार्न ‘मायर’ उहाँले आफ्नै घरमा हातहतियार ल्याएर भण्डारण गरेका कारण सवैले उहाँको उपनाम ‘बन्दुके साहिला ’राखेका रहेछन् । ‘हातहतियार ओसार्नु कुुनै चानचुने कुरा थिएन् ’ उस्वेलाको सम्झना गदैं उहाँले भन्नुभयो —‘रातरात जंगलको बाटो भएर ल्याउनु पर्दथ्यो । मर्ने बाँच्ने कुनै टुङ्गो हुदैन थियो । कहिले काँही त बाटो विर्सेर रातभरि जंगलकै बास हुन्थ्यो । ’ त्यसवेलाको राज्य सत्ताले उहाँलाई पक्राउ गर्न ठूलो सुुरक्षा संयन्त्र परिचालन गरे पनि उहाँ भागेरै र लुकेरै तथा सुरक्षाफौजको आँखाबाट टाढै रहन सफल हुनुभयो । उहाँलाई पक्राउ गर्नै त्यसवेलाको सुरक्षा प्रशासन पटक पटक असफल हुुन्थ्यो । उहाँसँगै धेरै पक्राउ पर्दथे । तर, उहाँ कहिल्यै प्रहरीको फन्दामा पर्नु भएन् ।

पार्टीले भारतको पश्चिम बंगाल राज्यकोे बतासी भन्ने ठाउँबाट १८ नाल अत्याधूनिक हातहतियार ल्याउने जिम्मेवारी उहाँलाई सुम्पिएको थियो । तर, उहाँले ८ थानभन्दा बढी नेपाल छिराउन सक्नुभएन । ‘मार्क थ्री’ र ‘मार्क फोर’ हतियार ल्याएर पार्टीका नेता कृष्णप्रसाद मिश्रलाई जिम्मा लगाउनुभयो । बाकी १० थान ल्याएपछि मात्र कमाण्डर भूविक्रम नेम्बाङकोे नेतृत्वमा रहेको टिमले तात्कालिन शाही नेपाली सेनाको व्यारेक चारआलीमा आक्रमण गर्ने योजना बनाएको सुनाउँदै उहाँले भन्नुभयो—‘दशनाल हतियार नेपाल छिराउन अनेकौ जुक्ति लगाईयो तर सकिएन् । त्यसैैका कारण पनि तात्कालिन शाही नेपाली सेनाको व्यारेक चारआलीमा आक्रमण गर्ने योजना समेत विफल भयो ।’

त्यसरी लडेका योद्घा धिरेन्द्रलाई अहिले सिङ्गो नेपाली काँग्र्रेसले विर्सेकोे हो कि भन्ने कता कता लागेको छ । ‘उस्वेला म मा धेरै जोस जागर बल थियो पार्टीले सधै सम्झियो उहाँले भन्नुभयो —‘अहिले म बृद्घ अवस्थामा पुगे, आर्थिक अवस्था निक्कैे कमजोर भयो, धन दौलत कमाउन सकिन यसकारण मलाई अहिले मन्त्री देखि पार्टीको माथिल्लो नेतृत्वमा पुगेका नेता कार्याकर्ताको त कुुरै छाडौ जिल्लातहका नेताले समेत चिन्नै छाडे ।’ यतिमात्र होईन दम, मधुमेह, पायल्स, ग्याष्ट्रिकलगायतका विभिन्न रोगले थलिएका चेम्जोङ्गको स्वास्थ्य अवस्थाका बारेमा पार्टीका कुनै नेता कार्यकर्ताले न चासो राखेका छन्, न दुईवर्षअघि झापाको विर्तामोडस्थित विर्तासिटी असपतालमा एपेन्डिक्सको शल्यक्रिया गर्दा अस्पतालमा भेट्न नै पुगे । यसले आफूलाई ज्यादैं नरमाइलो लागेको उहाँको भनाई छ ।

‘देशमा जुनसुकै राज्य व्यवस्था परिवर्तन भएपनि सामान्य मानिसलाई कुनै उपलब्धि चाँहि नहुँदो रहेछ ’अवरुद्घ गलामा उहाँले भन्नुभयो —‘ दल र दलका नेतालाई सत्ता र पद बाहेक अरु केही नचाहिने रहेछ । ’ वीपी आन्दोलनका क्रममा उहाँ भारतमा निर्वासित हुनुभयो । भारतको पश्चिम बंगाल राज्यकोे बतासी भन्ने ठाउँमा डेढमहिनाजति निर्वासित जीवन विताउनुभयो उहाँले । त्यसपछि त्यहाँ पनि बस्न गाहे भएपछि आसामतर्फ हानिनुभयो । लामो समय आसाममा निक्कै कष्टकर र संघर्षपूर्ण जीवन विताए पछि वि. सं. २०३६ सालको जनमत संग्रहको समयमा उहाँ नेपाल फर्कनुभयो । त्यसबेला देशमा थुुप्रै अपिू्रय घटनाहरु भए । बहुदलबादीको आमसभा निर्दलबादीले बिथोल्ने हुँदा पाचथरमा ठूलो दंगाफसाद भयो । त्यो पनि उनको मानसपटलमा ताजै छ ।

तर नेपाली काँग्रेस तरुण दल विभागिय केन्द्रीय सदस्य मदनबहादुर बुडाथोकी पञ्चायतकालमा खोसएिको चेम्जोङ्ग सम्पति फिर्ता गर्न पटक पटक पहल गरेको बताउनुहुन्छ । नेपाली काँग्रेसले आफ्ना अग्रज र पार्टीका लागि सवै उमेर खर्चेर योगदान दिने नेता कार्यकर्तालाई सहजरुपमा जीवन यापनको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । चेम्जोङ्गको बाकी जीवन सरल र सुविधारुपमा अघि बढोस भन्ने उद्घेश्यले अढाईलाख रुपैयाँको अक्षयकोष खडा गर्ने योजना रहेको उहाँको भनाई छ । औषधि उपचारका लागि स्वास्थय वीमालगायतका सुविधा उहाँलाई आफ्नोतर्फबाट पहल गरिएको नेता बुडाथोकीले बताउनुभयो ।

चेम्जोङ्ग सानैदेखि निडर र हक्की स्वभावको भएको बताउदैं नेपाली काँग्रेस महासमिति सदस्य मोहन सुब्बा अब पार्टीले उहाँका बारेमा सोच्ने बेला आएको बताउनुहुन्छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

स्काउट तालिमको चौथो दिनमा लागूऔषध र साइबर क्राइम सम्बन्धि प्रशिक्षण
कानून / अपराध

स्काउट तालिमको चौथो दिनमा लागूऔषध र साइबर क्राइम सम्बन्धि प्रशिक्षण

June 27, 2022
अन्तर्राष्ट्रिय

सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

June 26, 2022
जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना
कृषि

जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना

June 26, 2022
धर्म / संस्कृति

मेचीनगरमा वृहत रक्तदान : ५५ प्रिन्ट रगत संकलन

June 25, 2022
रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण

June 25, 2022
कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख
अर्थ / वाणिज्य

कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख

June 24, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

मैदानमै कुटाकुट : एकै खेलमा ५ रेड कार्डसहित १७ कार्ड !, शताब्दीकै रेकर्ड

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In