निर्देशिका वमोजिम विद्यालय सञ्चालन गर्न मेचीनगर शिक्षा शाखाको परिपत्र

बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को परीधिभित्र रही असोज १ गतेबाट विद्यालय सञ्चालन गर्न मेचीनगर शिक्षा शाखाले सबै विद्यालयलाई परिपत्र गरेको छ ।

कोरोना भाइरस (कोभिड १९)का कारण बन्द रहेका बिद्यालय सञ्चालन गर्ने सन्दर्भमा नेपाल सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ ।

सोही निर्देशिका भित्र रही विद्यालय सञ्चालन गर्न र निर्देशिकाको कार्यान्वयन गर्नका लागि नगर भित्र रहेका सबै विद्यालयहरुलाई परीपत्र गरेको मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बताउनु भयो ।

निर्देशिकाको मापदण्ड वमोजिम विद्यालयले ६ वटा समुहमा विद्यार्थीहरुलाई विभाजन गरी सिकाई सहजीकरण गर्नु पर्ने भण्डारीले बताउनु भयो ।

जस अन्तर्गत कुनै पनि विद्युतीय सामग्रीको पहुुँचमा नभएका, रेडिया पहुँच, टेलिभिजन पहुँच, कम्प्युटर पहुँच, इन्टरनेटको पहुँच र अपाङगता भएका विद्यार्थीहरु गरी ६ वटा समुहमा विद्यार्थीहरु वर्गिकरण गरी सिकाई सहजीकरण गर्नु पर्ने भण्डारीले जानकारी दिनु भयो ।

सरकारले यो बर्षको शैक्षिक–शत्र खेर जान नदिन असोज १ गतेबाट निर्देशिकाले भने वमोमिज विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

असोज १ गतेबाट स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी भर्ना गर्न दिने निर्णय समेत सरकारले गरेको छ । सोही वमोजिम सामुदायिक तथा संस्थागत विद्यालयले अब बिद्यार्थी भर्ना लिन सक्ने र असोज महिनाबाट मासिक शुल्क लिन पाउने छन् ।

असोज महिना अघिको मासिक शुल्क लिने सन्दर्भमा भने विद्यालयले वैकल्पिक माध्यमबाट कक्षाहरु सञ्चालन गरेको भए विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकहरुसंगको आपसी सहमतीमा तय गर्नुपर्ने शाखा प्रमुख भण्डारीले बताउनु भयो ।

निर्देशिका वमोजिम विद्यालय सञ्चालन गर्ने सन्दर्भमा मेचीनगर शिक्षा शाखाले हिजो र आज सामुदायीक तथा संस्थागत बिद्यालयका प्रधानाध्यापकहरुसंग छलफल गरेको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.