निर्देशिका वमोजिम विद्यालय सञ्चालन गर्न मेचीनगर शिक्षा शाखाको परिपत्र

बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को परीधिभित्र रही असोज १ गतेबाट विद्यालय सञ्चालन गर्न मेचीनगर शिक्षा शाखाले सबै विद्यालयलाई परिपत्र गरेको छ ।

कोरोना भाइरस (कोभिड १९)का कारण बन्द रहेका बिद्यालय सञ्चालन गर्ने सन्दर्भमा नेपाल सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ ।

सोही निर्देशिका भित्र रही विद्यालय सञ्चालन गर्न र निर्देशिकाको कार्यान्वयन गर्नका लागि नगर भित्र रहेका सबै विद्यालयहरुलाई परीपत्र गरेको मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बताउनु भयो ।

निर्देशिकाको मापदण्ड वमोजिम विद्यालयले ६ वटा समुहमा विद्यार्थीहरुलाई विभाजन गरी सिकाई सहजीकरण गर्नु पर्ने भण्डारीले बताउनु भयो ।

जस अन्तर्गत कुनै पनि विद्युतीय सामग्रीको पहुुँचमा नभएका, रेडिया पहुँच, टेलिभिजन पहुँच, कम्प्युटर पहुँच, इन्टरनेटको पहुँच र अपाङगता भएका विद्यार्थीहरु गरी ६ वटा समुहमा विद्यार्थीहरु वर्गिकरण गरी सिकाई सहजीकरण गर्नु पर्ने भण्डारीले जानकारी दिनु भयो ।

सरकारले यो बर्षको शैक्षिक–शत्र खेर जान नदिन असोज १ गतेबाट निर्देशिकाले भने वमोमिज विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

असोज १ गतेबाट स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी भर्ना गर्न दिने निर्णय समेत सरकारले गरेको छ । सोही वमोजिम सामुदायिक तथा संस्थागत विद्यालयले अब बिद्यार्थी भर्ना लिन सक्ने र असोज महिनाबाट मासिक शुल्क लिन पाउने छन् ।

असोज महिना अघिको मासिक शुल्क लिने सन्दर्भमा भने विद्यालयले वैकल्पिक माध्यमबाट कक्षाहरु सञ्चालन गरेको भए विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकहरुसंगको आपसी सहमतीमा तय गर्नुपर्ने शाखा प्रमुख भण्डारीले बताउनु भयो ।

निर्देशिका वमोजिम विद्यालय सञ्चालन गर्ने सन्दर्भमा मेचीनगर शिक्षा शाखाले हिजो र आज सामुदायीक तथा संस्थागत बिद्यालयका प्रधानाध्यापकहरुसंग छलफल गरेको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.