झापा विर्तामोडको “शिक्षा सहकारी” नाफामा

आर्थिक वर्ष २०७६/७७ मा २४ लाख ४४  हजार १५६ रुपैयाँ सञ्चालन मुनाफा

A notice in Nepali from Mechinagar Ward No. 10

२४ मंसिर २०७७
विर्तामोड । सहकारीको माध्यमबाट शिक्षालय सञ्चालन गर्ने उद्देश्यका साथ स्थापित झापाको विर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष  २०७६/०७७ मा २४ लाख ४४  हजार १५६ रुपैयाँसञ्चालन मुनाफा गरेको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच संस्था करिब २५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो ।
बुधबार संस्थाकै सभाहलमा संक्षिप्त रुपमा आयोजना गरिएको आठौं साधारणसभा समापनका अवसरमा अध्यक्ष सुव्रत न्यौपानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा संस्थाले कर बुझाएर २३ लाख २१ हजार ९४८ रुपैयाँ खुद नाफा गरेको उल्लेख छ । संस्थाले कोभिड १९ को जोखिम कायमै रहेकोले न्यून उपस्थितिमा साधारणसभा सम्पन्न गरेको थियो । यसअघि सेवा केन्द्रस्तरमा साधारणसभासँगै प्रतिवेदनमाथि छलफल भइसकेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले कोरोनाको त्रासका बीच पनि शिक्ष्ष सहकारीले सबै वित्तीय सूचकमा उल्लेख्य प्रगति गर्न सकेको भन्दै संस्थाको प्रशंसा गरेका थिए ।
सचिव दिपेश द्यौरालीले सञ्चालन गरेको कार्यक्रममा प्रस्तुत प्रगति प्रतिवेदन अनुसार आ. व. ०७६/ ०७७ को अन्त्यसम्ममा संस्थाले ९ करोड ८२ लाख ८ हजार ५८ रुपैयाँ वचत संकलन गरेको छ भने लगानमिा रहिरहेको ऋण ११ करोड ६९ लाख २ हजार २७१ रुपैयाँ छ ।
साधारणसधाकको अवसरमा संस्थाले उत्कृष्ट वचतकर्ता, ऋणी, बाल वचतकर्ता, प्रवद्र्धक र कर्मचारी गरी २२ जनालाई नगद तथा, दोसल्लासहित सम्मान गरेको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष कृष्णप्रसाद मिश्र, विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, संस्थाका सल्लाहकार समितिका संयोजक ज्ञानुराम प्रसाईंलगायतले शुभकामना व्यक्त गरेका थिए  स्वागत मन्तव्य सदस्य चिजा राईले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.