मेचीनगरको जनप्रिय साकोस १२ औं वर्षमा

A notice in Nepali from Mechinagar Ward No. 10

धुलाबारी । मेचीनगर–१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

संस्थाको कार्यालयमा आयोजित सभाको उद्घाटन उक्त सहकारीका संस्थापक अध्यक्ष चन्द्रकुमार भट्टराईले गर्नुभएको थियो ।
सभाको खुल्ला सत्रमा प्रमुख अतिथि भट्टराई, विशेष अतिथि मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, १० का अध्यक्ष सुदय पनेरु, संस्थाका निवर्तमान अध्यक्ष चुडामणि बराल, पूर्व डिएसपी प्रेम लामालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमका सभापति एवँ संस्थाका अध्यक्ष विष्णुकुमार लावतीले उद्घाटन सत्रमा संस्थाको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक डिल्ली खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका व्यवस्थापक सुन्दरबहादुर मगरले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सचिव सुभाष गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.