एकदिने सहकारी शिक्षा तथा होली मिलन कार्यक्रम सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

२० फागुन, बिर्तामोड: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रअन्तर्गत रहेका लघुवित सदस्य हरुका लागि आयोजित एकदिने सहकारी शिक्षा तथा होली मिलन कार्यक्रम आज अर्जुनधारा नगरपालिका ९ नम्बर वडा मा सम्पन्न भएको छ।

बिर्तामोड सेवाकेन्द्र सहयोग समितिका संयोजक कृष्णबहादुर थापा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहारा नेपाल क्षेत्रिय समितिका संयोजक धर्मेन्द्र भट्टराईले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो। उहाँले एउटै सहकारी संस्थामा आवद्ध किन नहुने भन्ने प्रश्न गर्दै साहारा भए अरु किन खोज्ने प्रश्न गर्नुभएको थियो। सहारा नेपालमा आबद्ध शेयर सदस्यहरुलाई सबै किसिमको सेवा सुविधाहरु उपलब्ध भएपनि अन्य सहकारी संस्थाहरुमा लागेर अन्योलमा परिरहेका सदस्यहरुलाई एउटै सहकारीमा आवद्ध हुन आग्रह गर्नुभयो।

करिब ८० जना शेयर सदस्यहरु सहभागी उक्त कार्यक्रममा संस्थाको वित्तीय अवस्था पारेमा अनुगमन कार्यालयका अनुगमन अधिकृत घनश्याम राय ले सहारा नेपालको वर्तमान वित्तीय अवस्था बारेमा जानकारी गराउनुभएको थियो। । कार्यक्रममा क्षेत्रीय समितिका सदस्य निर्मला भण्डारीले महिलाहरुले उद्यमशिलता कसरी हुन सकिन्छ भन्ने कुरामा जोड दिनु थियो।

सोही अवसरमा लघुवित्त अन्तर्गत उद्यमशील महिला सम्मान कार्यक्रम समेत गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ता तथा उद्यमी लीलादेवी पौड्याल र उत्कृष्ट ऋणी उद्यमी अन्जुराई लाई कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय समिति संयोजक धर्मेन्द्र भट्टराईले सम्मानपत्र प्रदान गर्नुभएको थियो। सहारा नेपालले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा तथा सदस्य सुनौ सदस्य बुझौं अभियान सञ्चालन गरेको छ।

शनिबार आयोजित सदस्य शिक्षा कार्यक्रमअन्तर्गत बिर्तमोड सेवा केन्द्र का शाखा अधिकृत लक्ष्मी रिजाल ले संस्थाले अवलम्बन गरेका वित्तीय तथा प्रशासनिक सेवाहरुको बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रम बिर्तामोड सेवा केन्द्रका संयोजक कृष्ण बहादुर थापा को अध्यक्षतामा सम्पन्न भएको थियो भने उपस्थित सबैलाई स्वागत मन्तव्य सहयोग समितिका सदस्य युवराज चौहानले गर्नुभएको थियो।
सोही अवसरमा संस्थाका सञ्चालक कर्मचारी तथा शेयर सदस्यहरुको होली पर्वको अवसरमा होली मिलन कार्यक्रम समेत आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.