अरुणोदय आवासीय मा.वि.मा कप्तान निर्वाचन सम्पन्न, कप्तानमा रमेश हेमरम विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

 

मेचीनगर–६, काँकरभिट्टा स्थित अरुणोदय आवासीय माध्यमिक विद्यालयले विद्यालय कप्तान छनौटको निर्वाचन सम्पन्न गरेको छ । आज सम्पन्न निर्वाचनमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले कप्तानका लागि दु्ई र उप कप्तानका लागि सात जना प्रत्यासीहरुलाई मतदान गरेका थिए । बिहान नौ बजेबाट शुरु भएको मतदानमा विद्यालयका विद्यार्थीहरुमध्ये जम्मा २ सय ३५ जना मताधिकार प्राप्त विद्यार्थीहरुले भोट खसालेका थिए ।


उत्साहजनक रुपमा सम्पन्न भएको मतदानमा विश्वभरि फैलिएको कोविड १९ को सङ्क्रमण रोकथामको स्वास्थ्य सम्बन्धी प्रोटोकल र नेपाल सरकार शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन ढाँचा २०७७ को नियममा रहेर निर्वाचन गराइएको विद्यालयका ईन्चार्ज राजकुमार विश्वकर्माले बताउनुभयो । उहाँ भन्नुभयो ”हामीले हात धुने साबुन, सेनिटाइजर, धर्मल गन, मास्कको व्यवस्था गरी सामाजिक भौतिक दूरी कायम गरी बिना भिडभाड निर्वाचन सम्पन्न गराएको हौँ ।’’

त्यसैगरी विद्यालयका शिक्षक तथा कप्तान छनौट निर्वाचन समितिका आयुक्त कृष्ण प्रसाद पोखरेलले निर्वाचन उत्साजनक र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताउनु भयो । उहाँले ९९.५ प्रतिशत मत खसेकोमा ०.५ प्रतिशत बदर भएको र यो सन्तोषजनक रहेको समेत प्रष्ट पार्नुभयो । कुल २ सय ३५ भोट खसेको मध्ये २ मत बदर भएको थियो ।


सो निर्वाचनमा कप्तानतर्फ कक्षा १० का रमेश हेमरनले निकटतम प्रतिद्वन्दी आर्यन गुरुङलाइ जम्मा ११ मतान्तरले पराजित गरी विजयी भएका छन् । पराजित उम्मेद्वार आर्यन गुरुङ्गले १ सय ११ मत प्राप्त गरेका छन् भने विजयी मम्मेद्वार रमेश हेमरमले १ सय २२ मत प्राप्त गरेका थिए । त्यसै गरी उपकप्तान छात्र तर्फ कक्षा ९ का गणेश पौंडेलले र छात्रा तर्फ स्मृति सापकोटाले विजय हाँसिल गरेका छन् । उक्त निर्वाचनमा कप्तान तर्फ २ र उपकप्तान तर्फ छात्र–छात्रा गरी जम्मा ७ जना प्रतिस्पर्धीहरु रहेका थिए ।

 

निर्वाचन पर्यवेक्षककोरुपमा अरुणोदय आवासीय माध्यमिक विद्यालय अभिभाव संघका अध्यक्ष राजकुमार पराजुली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिरथ राईले अनुगमन गर्नभएको थियो भने स्थानीय पत्रकारहरु मसेतको उपस्थिति रहेको थियो ।

विद्यालयमा किन निर्वाचन गराउनुपर्यो भन्ने मेरोमेचीनगर अनलाइनको प्रश्नको उत्तर दिदै अरुणोदय आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल दुर्गा बहादुर लुइटेल भन्नुभयो “विद्यार्थीहरुमा प्रतिनिधि छनौट गर्ने लोकतान्त्रिक पद्दतिको अभ्यासको सन्देश प्रवाह गर्न हामीेले यो कार्यक्रको आयोजना गरेका हौँ ।” उहाँले भविष्यमा विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास र निर्वाचनप्रति सकारात्मक हुनका साथै बदर मत सङ्ख्या कम गर्न ज्ञान दिन समेत निर्वाचन गर्नुपरेको बताउनुभयो ।

आज निर्वाचित भएका विद्यार्थीको कार्यकाल अवधि एक वर्ष रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.