सुशेली साहित्यिक परिवारद्दारा मेचीनगरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा,पुस १४ । मेचीनगर – ६ काँकरभिट्टा देवकोटा पार्कस्थित सुशेली साहित्यिक परिवारको आयोजनामा आज मेचीनगर स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयतहका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतियोगितामा मेचीनगरका निजि तथा सामुदायिक गरि १० विद्यालयका १७ जना विद्यार्थीहरु सहभागी भएका हुन् ।

 

सुशेली साहित्यिक समाजका अध्यक्ष पूण्यप्रसाद खरेलले विद्यार्थीहरुमा साहित्यिक र सांस्कृतिक जागरणमा मद्दत पुगोस् , विद्यालय अवस्थादेखि नै विद्यार्थीको हरेक क्षेत्रमा लगाव होस् भन्ने उद्देश्यका साथ निबन्ध लेखनको आयोजना गरेको बताउनुभयो ।

निबन्ध लेखनको शीर्षक “समृद्द नेपाल सुखी नेपाली ” भएको र आजको लेखनबाट विद्यार्थीहरुको फरक फरक धारणा आउने ,युवा जमातमा साहित्यतर्फ झुकाव होस् भनेर पनि निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको साहित्य परिवारका उपाध्यक्ष केन्द्र भट्टराईले बताउनुभयो ।

आज सम्पन्न भएको निबन्ध लेखनको प्रतियोगिताको नतिजा आउँदो पुस १८ गते शनिबार ” सुशेली प्रतिभा पुरस्कार र बेत कुमारी कर्मठ महिला पुरस्कार ” वितरण कार्यक्रम बीच प्रथम ,द्वितीय, तृतीया र सान्त्वना गरी जनही रु ५ ,३ २, र १ हजारका दरले विद्यार्थीहरुलाई  पुरस्कृत गरिने सहसचिव मदन अधिकारीले बताउनुभयो ।

आजको सो कार्यक्रममा सुशेली साहित्यिक परिवारका सचिव कनक बहादुर  कार्की , कोषाध्यक्ष भुवन सुब्बा , सुशेली विशेषाङ्कका प्रधान सम्पादक विजय खरेल, साहित्यिक परिवारका सदस्य तथा प्राज्ञ सुभद्रा भट्टराई अर्याल ,सदस्यहरू कल्पना ओली सिटौला, ज्ञानेन्द्र ढुङ्गाना पर्शुराम तिम्सिना लगायत विभिन्न विद्यालयबाट आउनुभएका शिक्षक तथा  विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.