मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह : अभिमुखीकरण र रक्तदान

A notice in Nepali from Mechinagar Ward No. 10

रोशनराज
२० जेठ, मेचीनगर : मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह अन्तर्गत बुधबार फरक फरक दुईवटा कार्यक्रम सम्पन्न गरेको छ । प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी अभिमुखिकरण र रक्तदान कार्यक्रम गरेको हो । दुवै कार्यक्रम झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ काँकरभिट्टामा सम्पन्न भएको जेसीज सचिवालयले जनाएको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहल तथा पञ्चमुखी हनुमान मन्दिर परिसरमा नेपाल रेडक्रस सोसाइटि मेचीनगर नगरपालिका शाखाको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटि मेचीनगर नगरपालिका शाखा सचिव एवम् प्रशिक्षक डिल्लीराम भण्डारी र हरिशरण खड्काले प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी विषयमा सहजीकरण गरेका थिए । काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको अभिमुखीकरणमा प्राथमिक उपचार भनेको कुनै पनि आकस्मिक दुर्घटना वा बिरामी हुँदा अस्पताल पुर्याउनुभन्दा अघि वा चिकित्सकको सहयोग पाउनुभन्दा पहिले गरिने प्रथम र आधारभूत उपचार भएको बताउदैं प्रशिक्षकद्वयले घाइतेको जीवन बचाउनु, अवस्था थप बिग्रन नदिनु र पीडा कम गर्नु प्राथमिक उपचारको मुख्यः उद्धेश्य रहेको स्पष्ट पारे । सिआरआर, फ्याक्चर र नाक तथा कानबाट हुने रगतश्रापका विषयमा समेत प्रशिक्षकहरुले सहभागीलाई जानकारी गराए ।

प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रूपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ । प्राथमिक उपचारका सिद्धान्तहरू र प्राथमिक उपचारका उद्धेश्यहरुका बारेमा सहजीकरण गरेका थिए । काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरणमा बेल्दैं उनले मेचीनगर लेडी जेसीजले रचनातमक र सकरात्मक कार्य गरेको भन्दैं प्रशंसा समेत गरे । मेचीनगर लेडी जेसीज अध्यक्ष रीता श्रेष्ठ प्रधानको सभापतित्वमा भएको उद्घाटन समारोहमा नेपाल रेडक्रस सोसाइटि मेचीनगर नगरपालिका शाखा अध्यक्ष रमेश दाहाल, काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गाप्रसाद सापकोटालगायतले बोलेका थिए । मेचीनगर लेडी जेसीज सदस्य प्रमिला खत्रीले आस्थावाचन र सन् २०२६ का महासचिव कृष्णकुमारी [कल्पना)]उप्रेती प्रसाईले उद्घाटन सत्रको सञ्चालन तथा उपाध्यक्ष प्रमिला ओली उप्रेतीले जेसीज भिजन मिसन प्रस्तुत गरेकी थिईन् ।

सोहि अवसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसीबीएल) मा नवनिर्वाचित अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीलाई उनकै गृह नगरमा स्वागतसहित सम्मान गरिएको छ । मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह पारेर आयोजित कार्यक्रममा जेसीजकातर्फबाट प्रदान गरिएको सम्मान पत्र र मायाको चिनो अध्यक्ष रीता श्रेष्ठ प्रधान, विशिष्ट अतिथि काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गाप्रसाद सापकोटालगायतले संयुक्तरुपमा प्रदान गरेका थिए । नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई हार्दिक बधाईसहित सफल कार्यकालका लागि जेसीजले शुभकामना व्यक्त गरेको छ ।

यसैगरी, सोहि अवसरमा आयोजित रक्तदान कार्यक्रममा १७ प्रिन्ट रगत संकलन भएको छ । संकलित रगत नेपाल रेडक्रस सोसाइटि मेचीनगर नगरपािलका शाखालाई हस्तान्तरण गरिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा रगतको अभाव भएका बेला त्यसलाई पूर्ति गर्न लेडी जेसीजले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदाताहरुलाई प्रमाण पत्र र फलफूल वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.