जताभावी रुपमा मानव मलमूत्रीय फोहोर विसर्जन गरे जरिवाना

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा | प्रशोधन केन्द्रहरुमा मानव मलमूत्रीय फोहोर विसर्जन नगरी जताभावी रुपमा अन्यत्र विसर्जन गर्ने जो कोहि लाई पनि अब स्थानीय सरकारले जरिवाना गर्ने भएको छ ।

कसैले पनि यस्तो गतिविधि गरे फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ को खण्ड ‐ञ) बमोजिम स्थानीय तहले तोकेको ठाउँमा बाहेक जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहोरमैला राख्ने, थुपार्ने वा निष्काशन गर्ने गरेको पाईउमा ऐनको दफा ३९ को उपदफा ७ बमोजिम तीस हजार रुपैयाँ जरिवाना हुने मेचीनगर नागरपालिका नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १ देखि १३ वडाहरुका लागि मेचीनगर— ७ स्थित भान्साखोला र विर्तामोड नगरपालिका वडानम्बर १ देखि १३ बुद्घशान्ति गाउँपालिका वडानम्बर १ देखि ७ तथा मेचीनगर नगरपालिका वडानम्बर १४ र १५ वडाका वासिन्दाहरुलाई सेवा पुर्याउने गरी चारआलीमा दिसाजन्य लेदो व्यवस्थापनकालागि प्रशोधन कोन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।

उल्लेखित प्रशेधन केन्द्रहरुमा आयोजना क्षेत्रभित्रको मानव मलमूत्रीय फोहोर खसाल्दा १ सय रुपैयाँ प्रति घन मिटर र आयोजना बाहिरको फोहोर खसाल्दा १ सय २५ प्रति घन मिटर शुल्क टैंकर व्यवसायीबाट लिने गरी मेचीनगर, विर्तामोड नगरपालिका र बुद्घशान्ति गाउँपालिकाको उपस्थितीमा भएको संयुक्त निर्णय अनुसार व्यवस्थापन भई आएको मेचीनगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.