३० साउन, मेचीनगर : झापामा सिर्जना भएको रगत अभावलाई टार्न रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाले शनिबारदेखि तीनदिने रक्तदान कार्यक्रम अभियान शुरु गरेको छ ।
मेचीनगरका तीन महत्वपूर्ण बजार काँकरभिट्टा, इटाभट्टा र धुलावारीमा रक्तदान कार्यक्रम गर्ने रोटरी रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाका सन् २०२१/२०२२ मा अध्यक्ष पुस्कर बस्नेतले जानकारी दिनुभयो ।
शनिबार पहिलो दिन लक्ष्मीनारायण मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोग कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक नबिन कुमार सुबेदीले बताउनुभयो । प्राविधिकहरु बिनिता राजवंशी, पन्ता राई, रिमा खड्का र प्रेम सुन्दासले रक्त संकलन गरेका थिए ।

रोटरी क्लब अफ काँकरभिट्टाका यूथ चियर रविचन्द्र नेपालले रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होम अधिकारीले २८ औँ र स्थानीय युवा राकेश खवासले २० औँ पटक रक्तदान गरेको जानकारी दिनुभयो । उहाँ अनुसार कार्यक्रममा आठमहिला र ३१ पुरुष गरी ३९ जनाले रक्तदान गरेका थिए । संकलित सवै रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्ञ्चार सेवाकेन्द्र झापा शाखा, भद्रपुर विर्तामोडलाई प्रदान गरिएको छ । कार्यक्रममा रोटरी, रोट्रयाक क्लबका पदाधिकारीहरु, नेपाल प्रहरी, सश्स्त्र प्रहरी र सर्वसाधारणहरुले रगत दान गरेका थिए ।
झापाका रक्त सञ्चार सेवाकेन्द्रमा रगत अभाव हुँदा विभिन्न अस्पतालमा उपचार गराईरहेका र रगतको आवश्यक परेका विरामीलाई समस्या पर्ने भएकाले यो अभाव टार्न रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाले तीन दिने रक्तदान कार्यक्रम अभियान शुरु गरेको क्लबका सचिव सुमन धिमालले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार इटाभट्टा र सोमबार धुलावारीमा कार्यक्रम आयोजना गरिने तय भएको छ । उद्घाटन सत्रमा रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रोहित कुमार बुढाथोकी, प्रेसिडेन्ट इलेक्ट सुजन प्रधान, सर्भिस प्रोजेक्ट चेयर दीपेन्द्रराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।



















