नारी सञ्चार गृहको ९ औं वार्षिक साधारणसभा सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

२९ भदौ, बिर्तामोड : नारी सञ्चार गृह झापाको नवौं साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार विर्तामोडस्थित संस्थाको आफ्नै कार्यलयमा नवौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा बोल्ने वक्ताहरुले हरेक संस्थाको नेतृत्वका लागि महिलाहरु सक्षम बन्नुपर्नेमा जोड दिएका थिए । महिलाले नेतृत्व गरेका संस्थाहरु सवल रहेको सन्देश प्रवाह गर्न कार्यक्षेत्रको सिमित दायरालाई फराकिलो बनाउँदै हरेक क्षेत्रमा आफ्नो उपस्थिति दर्विलो बनाउन अघि सर्नुपर्ने समेत उनीहरुले सुझाव दिएका थिए ।

संस्थाकी अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालीका न्यायिक समितिका अधिकृत टिका लामीछाने, रेडियो बिराटका प्रबन्ध निर्देशक लीला अनमोल, प्रेस युनियन झापाकी अध्यक्ष ईन्दु पूर्वेली, संस्थाकी संस्थापक अध्यक्ष साबित्रा दाहालले शुभकामना मन्तब्य राखेका थिए ।

उपाध्यक्ष रेजिना गौतमले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष जोश्ना श्रेष्ठले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । संस्थाको सांगठनिक प्रतिबेदन प्रस्तुत र सञ्चालन सचिव भूमिका लिम्बू फियाकले गरेकी थिइन् ।

त्यस्तै बन्द सत्र सञ्चालनार्थ गठित मायामितु न्यौपाने र मनिषा चम्लागाँई सदस्य रहेको ३ सदस्यीय अध्यक्ष मण्डलका संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न बन्द शत्रमा संस्थाका सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन संशोधनसहित पारित भएको सचिव भूमिका लिम्बू फियाकले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.