फुलबासा खोलामा पुलको शिलान्यास

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर | झापाको मेचीनगर र भद्रपुर नगरपालिका जोड्ने फुलबासा खोलामा पुल बन्ने भएको छ ।

मेचीनगर –१४ र भद्रपुर–९ जोड्ने फुलबासा खोलामा बन्ने पुलको सोमबार संघीय सांसद् राम कार्की १ नम्बर प्रदेश सभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी श्रीप्रसाद मैनाली लगायतले एक विशेष कार्यक्रमकाबीच सिंयुक्तरुपमा पुलको शिलान्यास गर्नुभएको थियो । १ नम्बर सरकारको ७ करोड ११ लाख ९९ हजार ६ सय ५३ रुपैयाँको लागतमा पुल बन्न लागेको हो ।

पुलको लम्बाई ५० मिटर र चौडाइ ६ मिटर रहेको पुल २०७७ असार ८ गते ठेक्का लागेको थियो । पुलको २०७९ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुल निर्माणको ठेक्का मृत संजिवनी÷ श्री पाथिभरा÷ झापाली जेभीले पाएको छ ।

फुलबासा खोलामा पुल निर्माण भएपछि मेचीनगर र भद्रपुर नगरपालिकाका हजारौ नगरबासी लाभान्वित हुने भएको मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।

शिलान्यास कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठ, मेचीनगर उपप्रमुख मिना उप्रेती पोखरेल, मेचीनगर–१४ का वडाध्यक्ष शंकर पोखरेल, भद्रपुर–९ वडाका कार्यवाहक अध्यक्ष राम दाहाल लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.