शिवसाताक्षी एफसी ४ – २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, माघ ६ । मेचीनगरको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृति  खुल्ला नकआउट ‘नाईन साइड फुटबल प्रतियोगिताको मङ्गलबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा शिवसाताक्षी फूटबल क्लबले काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरलाई  ४  – २  गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

 

मेचीनगर -६ स्थित तुर्केनी खेल मैदानमा सम्पन्न आजको खेलमा शिवसाताक्षी एफसीका तर्फबाट जर्सी नम्बर ७ का रेजिन माझीले   खेलको १९ औँ  मिनेटमा पहिलो गोल गर्दै शिवसाताक्षी एफसी लाई अग्रता दिलाए ।

त्यसैगरी शिवसाताक्षी एफसीकै तर्फबाट खेलको २१ औँ  मिनेटमा जर्सी नम्बर १४ का प्रविन राई  ,४७ औँ मिनेटमा जर्सी नम्बर ९ का रोहन कार्की र इन्जुरी समयमा जर्सी नम्बर ७ का रेजिन माझीले थप १ गोल गर्दै  फाइनमा आफ्नो स्थान पक्का पारे । काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको तर्फबाट भने जर्सी नम्बर ३ का विशाल दर्जीले  खेलको १९ र ३६ औँ मिनेटमा व्यक्तिगत २ गोल गरे पनि हारबाट जोगाउन सकेनन् ।

 

खेलको ‘ म्यान अफ द म्याच’ शिवसाताक्षी एफसीका तर्फबाट जर्सी नम्बर ९ का रोहन कार्की घोषित भए । उनलाई नेपाल राष्ट्रिय ढुवानी सेवाका केन्द्रीय सदस्य श्याम प्रसाईले नगद सहित ट्रफि प्रदान गरे ।

भोलिको दोस्रो सेमी फाइनाल खेल धरान गार्डेन फुटबल क्लब ,सुनसरी र डीवाईपी फुटबल क्लब डुडाँमारी, झापा बिच दिनको २ः३० बजे हुने आयोजककाले जानकारी दिए ।

तुर्केनी फुटबल क्लवको आयोजनामा माघ २ गते बाट सन्चालन भई माघ ९ गते समापन हुने खेलमा गोल्डकपको विजेताले नगद रु.५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफी पाउने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.