महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता टोली प्रदेश १ लाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सम्मान गरेको छ ।
पुस ११ देखि १९ गतेसम्म दाङको लमहीमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।
राष्ट्रिय टोलीको नेतृत्व गर्ने रुविना क्षेत्रीसँगै अधिकांश राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने खेलाडीको वर्चश्व रहेको प्रदेश १ टोलीलाई आज एक कार्यक्रममका बिच एनएमसीको विषयगत उपसमिति खेलकुद उपसमितिको आयोजनामा सम्मान गरिएको हो ।

एनएमसी खेलकुद उपसमिति संयोजक हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक समिति सदस्य ठाकुरप्रसाद सिवाकोटी, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, एनएमसी खेलकुद उपसमिति सदस्य खडानन्द खतिवडालगायतले विजेता टोलीलाई अबिर, खादा, सम्मान पत्र र पोसाकसहित सम्मानित गरेका थिए ।

उक्त अवसरमा बोल्दै प्रशिक्षक विरु श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले एनएमसी जस्तो संस्थाले गरेको यसप्रकारका सम्मानले खेलकुदमा थप उर्जा मिलेको बताए । त्यस्तै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीले खेलकुदको क्षेत्रमा सधैँ सहयोग गर्न तत्पर रहेको बताए ।

एनएमसी खेलकुद उपसमिति सदस्य प्रविण थापाले मन्तव्यबाट स्वागत गरेको सम्मान कार्यक्रमको सञ्चालन सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.