झापा एफसी राजगढले  शिव सताक्षी एफसी झिलझिलेलाई  ४ – १ गोल अन्तरले हराउँदै सेमी फाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

घेराबारी , पुस  २२ । झापा कचन कवल – १ घेराबारीस्थित जारी प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को आज बुधबार         सम्पन्न खेलमा  झापा फूटबल  क्लब  राजगढले  शिव सताक्षी फूटबल  क्लब झिलझिलेलाई  ४  – १  गोल अन्तरले हराउँदै सेमी फाइनलमा प्रवेश  गरेको छ ।

घेराबारीको पूर्व देउराली खेल मैदानमा सम्पन्न आजको खेलमा झापा एफसी राजगढका तर्फबाट जर्सी नम्बर ९  का गणेश हेमरमले  खेलको १४ औँ मिनेटमा पहिलो गोल गर्दै  राजगढलाई अग्रता दिलाए । त्यसैगरी राजगढतर्फबाट  खेलको २४  औँ मिनेटमा  जर्सी नम्बर १९ का  रोमन भुजेल र ४५ र ५७ औँ  मिनेटमा जर्सी नम्बर १७ का राजकुमार कन्दङवाले थप २ गोल गर्दै टिमलाई विजयी बनाए ।  शिव सताक्षी फूटबल  क्लब झिलझिले को तर्फबाट खेलको २० औँ मिनेटमा जर्सी नम्बर ९ का सञ्जिव बुडाथोकीले मात्र  सान्त्वना एक गोल गरे ।

 

खेलको ‘ म्यान अफ द म्याच’ झापा एफसी राजगढका राजकुमार कन्दङवा  घोषित  भए  । श्री  घेराबारी  युवा परिवारको आयोजनामा पुस  २० गतेबाट सन्चालन भई २८ गते समापन हुने खेलमा गोल्डकपको विजेताले नगद रु . ५० हजार र उप विजेताले ३० हजार पाउनेछ ।

भोलिको बिहीबारको खेल  ज्ञानेचोक फूटबल क्लब पृथ्वीनगर र शनिश्चरे फूटबल क्लब बीच हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.