मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्टको उपाधि अनिषलाई

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, माघ ५ । ब्ल्याक एट  पुल एण्ड स्नुकर क्लबको आयोजनामा सम्पन्न तेस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्टको प्रतियोगिताको उपाधि अनिष थापा मगरले जितेका छन् ।

 मेचीनगर–६ स्थित काँकरभिट्टामा सोमबार सम्पन्न फाइनल खेलमा अनिष थापा मगरले प्रतिस्पर्धी विशाल तामाङलाई पराजित गर्दै उपाधि चुमेका हुन् । फाईनल खेलमा बेष्ट अफ सेभेन अन्तर्गत अनिष थापा मगरले बिशाल तामाङलाई ४–२ सेटमा पराजित गरेका थिए । त्यसैगरी सुबास तामाङलाई पराजित गर्दै अमित श्रेष्ठले तेस्रो स्थान हासिल गर्न सफल भए ।

प्रतियोगिताको उपाधि विजेता अनिषले १२ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे भने दोस्रो हुने विशालले ६ हजार ५ सय रुपैयाँसहित ट्रफीमा चित्त बुझाए ।

प्रतियोगिता साँझ अबेर समापन भएका कारण विजेता खेलाडीलाई पुरस्कार वितरण भोलि मङ्गलबार बिहान ८ बजे गर्ने आयोजक ब्ल्याक एट पुल एण्ड क्याफे मेचीनगरका अध्यक्ष निमा वाङगेल तामाङ (राजु) ले जानकारी दिनुभयो। उहाँले भोलि प्रतियोगिताको उदियमान , हाइएस्ट ब्रेकर लगायतका खेलाडीहरुलाई पुरस्कृत र सम्मान गरिने बताउनुभयो ।

 

माघ २ बाट शुरु भएको  तेस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्टको प्रतियोगिता माघ ५ गते सम्पन्न भएको हो । सो प्रतियोगितामा  ३२ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.