२४ जेठ, काँकरभिट्टा : अत्यधिक गर्मी बढेका कारण मेचीनगर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले २०८० साल जेष्ठ २५ गते देखी सबै विद्यालयको पठनपाठन बिहानी सत्रमा विद्यालय सञ्चालन गर्ने अनुरोध गरेको छ ।
आज शिक्षा युवा तथा खेलकुद शाखामा भएको सामुदायिक विद्यालयका प्रधानाध्यापक, प्याब्सन र एनप्याब्सनका प्रतिनिधि तथा शिक्षकका पेशागत सङ्गठका प्रतिनिधि सहितको संयुक्त बैठकले २०८० साल जेष्ठ १८ गते देखि बन्द भएका विद्यालयहरु २०८० साल जेष्ठ २५ गतेबाट बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचना अनुसार २०८० साल जेस्त २५ गते देखि सबै बिद्यालय बिहान ६:०० देखि १०:०० बजेसम्म पठनपाठन गर्न गराउन अनुरोध गरेको छ र मौसममा सुधार आए पश्चात विद्यालयहरु नियमित समयमा नै पठनपाठन गराउन अर्को सूचना शाखाले प्रकशित गर्ने जानकारी दिएको छ ।
शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा जारी गरेको सूचना:

























