१ हजार ९१६ जना संक्रमण मुक्त

३ हजार १०६ जनामा संक्रमण पुष्टि

१६ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २६३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २८० संक्रमण देखिएको छ भने ४ हजार २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार २६ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १३ हजार ५१९ जनाको कोरोना परीक्षण गर्दा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।

यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ६ लाख ९५ हजार ३८९ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ६१ हजार ३५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ५४ हजार १७७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.