बुद्धएयरका पाइलट शेर्पालाई उडान भर्नमा रोक

१४ असोज,  काठमाडौं : नागरिक उड्‍डयन प्राधिकरणले बुद्धएयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाएको छ। घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ।

घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’ घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो। यो नियमित पक्रिया हो।’

गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित ‘नर्मल’ अवतरण गरिएको थियो। सो विमान पाइलट आङ्गेलु शेर्पाले चलाएका थिए।

विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपछि चालकले जहाज काठमाडौं फर्काइएको थियो।

बुद्धएयरको नाइन एन-एएनआइ कल साइन भएको जहाजमा ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए। सोमबार बिहान ८:३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो। विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुनः काठमाडौं फर्काइएको थियो। सो विमानमा ७३ यात्रु सवारी थिए।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.